• २०७७ असोज ८ गते बिहिवार
  • Preeti To Unicode

राष्ट्रपतिकाे चुनावलार्इ बाबुराम भट्टराईले बहिस्कार गर्ने, कारण यस्तो छ ?


फागुन २९, काठमाडौं ।

नयाँ शक्ति नेपाल पार्टीले अाज हुने राष्ट्रपति चुनावमा सहभागी नहुने बताएको छ ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा आफुहरुको स्पष्ट अडान रहेको भन्दै नयाँ शक्तिले राष्ट्रपति र उपराष्ट्रि चुनावमा सामेल नहुने जनाएको हो ।

संसदीय लोकतन्त्रमा संवैधानिक राष्ट्रपतिको भूमिका तटस्थ, निष्पक्ष, मर्यादापूर्ण र दलीय आग्रहभन्दा माथि हुन नसकेको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी राष्ट्रपतिय प्रणालीको माग गर्दै अाएका छन् ।

त्यसैगरी विवेकशील साझा पार्टीले पनि चुनाव बहिस्कार गर्ने भएको छ । उसले पनि राजनीतिक स्थिरताको लागि भन्दै प्रत्‍यक्ष कार्यकारी राष्ट्रपतिको माग गरेको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार