• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

उपराष्ट्रपतिमा फेरि पासाङ दोहोरीदै


चैत्र २,  काठमाडौँ ।

नेकपा माओवादी केन्द्रले देशको तेस्रो उपराष्ट्रपतिमा फेरि नन्दहादुर पुन (पासाङ)लाई दोहोर्याउने भएको छ।

माओवादी केन्द्रको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले पुनलाई फेरि उपराष्ट्रपति बनाउने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले र माओवादीबीचको बैठकले पनि पुनलाई नै उपराष्ट्रपति बनाउने सहमति भएको थियो।

एमालेसँगको सहमति अनुसार माओवादी केन्द्रको बैठकले पुनलाई नै उपराष्ट्रपति बनाउने निर्णय गरेको स्रोतले जनाएको छ। उपराष्ट्रपतिका लागि अन्य नेताहरुको पनि दाबी परेको थिए।

त्यस्तै बैठकले राष्ट्रिय सभाको उपाध्यक्षमा शशीकला दाहाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। यसअघि राष्ट्रिय सभा अध्यक्षमा एमालेका गणेशप्रसाद तिमल्सिना निर्वाचित भइसकेका छन्।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार