• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

कांग्रेसकाे छाया सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा


चैत २, काठमाण्डाैँ ।

संसदीय दलको विधानमा नै छाया सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने र त्यसको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा हुने भएका छन्।

अाजकाे राजधानी दैनिकमा खबर छ- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसदलाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो ।

कांग्रेस नेता बालकृष्ण खाँडले ९ चैतमा बस्ने केन्द्रीय समिति बैठकपछि छाया सरकार गठन गरिने बताएको राजधानीले लेखेको छ ।

खाँडले भनेका छन्, ‘९ चैतमा केन्द्रीय समिति बैठक बोलाइएको छ, छाया सरकारका लागि यो बैठकमा आवश्यक छलफल हुन्छ, संसदीय दलको नेताकै नेतृत्वमा छाया सरकार बन्छ ।’

कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्री बराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार