• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

परमाणु बम सम्बन्धि साउदी अरबको खतरा चेतावनी, यस्ताे गर्दैछ तयारी ?


चैत २, काठमाण्डाैँ ।

साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ।

साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले मध्यपूर्वी क्षेत्रमै रहेको इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन्। अमेरिकी समाचार संस्था सीबीएस न्यूजसँगको कुराकानीमा राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि चाँडै त्यस्तै बम बनाउन सक्ने बताएका हुन्।

सन् २०१५ मा इरानले परमाणु कार्यक्रम स्थगित गर्ने सम्झौता गरेको थियो। तर हालै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो सम्झौताबाट इरान अलग हुनसक्ने बताएका थिए। साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो। उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ। मध्यपूर्वी क्षेत्रमा साउदी अरब र इरान परम्परागत रुपमै विरोधी मुलुक हुन्।

दुवै देश इस्लामिक धर्मका अनुयायी भए पनि साउदी अरब सुन्नी समुदाय र इरान शिया समुदायबाट प्रभावित मुलुक हुन्।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार