• २०७७ असोज ७ गते बुधवार
  • Preeti To Unicode

जाजरकोटमा हाईडो पावरको गाडी दुरुपयोग


चैत २, जाजरकोट ।

जाजरकोटमा एक हार्इडाे पावरकाे गाडी दुरुपयाेग भएकाे छ ।

जिल्लाकाे नलगाड हाईडो पावर कम्पनीको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग भएको पाईएको हाे । हाईडो«पावरका कार्यकारी अधिकृत(सिईऔ) नरेन्द्रसिंह भण्डारीको मिलोमतोमा सल्यानका कृष्ण शर्माले भदौ महिना देखि नै बा १७च ५२०७ नम्वरको गाडी व्यक्तिगत रुपमा प्रयोग गदै आएका छन् ।

भण्डारीले आफ्नो पद जोगाउँन बिभिन्न शक्ति केन्द्रमा धाउनुका साथै बिभिन्न व्यक्तिलाई व्यक्तिगत लाभ हुँने काम गदै आएका स्रोतले बताएको छ । राजनीतिक आडमा जाजरकोट नलगाड नगरपालिकाका प्रभावित क्षेत्रका स्थानीय ,वुद्धीजिवी संग समन्वय नगर्दा काममा समेत समस्य भईरहेको छ । डिपिआरको जिम्म पाएको स्मेक कम्पनीलाई समेत पटक पटक पत्र काटेर माथिको निर्देशन भन्दै मानसिक रुपमा तनाव दिने गरेको खुल्न आएको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिका बाट काठमाण्डौँमा रहेको हाईडो«पावरको कार्यालयमा सुचना वुझन जाँने व्यक्तिलाई भण्डारीले प्रवेशमा रोक समेत लगाएको यहाँका स्थानीयले बताएका छन् ।

जाजरकोटका सांसदलाई समेत खवर नगरि बिभिन्न दिर्घकालिन निर्णय गराउँदै जाँदा हाईडो«पावर निर्माणमा समस्य देखिएको सांसद गणेसप्रसाद सिंहले जानकारी दिनुभयो । हाईडो«पावर जाजरकोटको नलगाड नगरपालिका वडा ७ मा निर्माण हुँदै छ । यो ४ सय १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । हाईडो«पावर निर्माणको काम छिटो भन्दा पनि आयोजना काम ढिला हुँने तर्फ ध्यान तानिरहेको स्थानीयको आरोप छ ।

प्रकाशित मिति : २०७४ चैत्र २ गते शुक्रवार