• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ठुलो मात्रामा अवैध घरेलु मदिरा नष्ट, फेरी मदिरा बनाउनेलार्इ यस्ताे कारबाही गर्ने


सरिता चलाउने
चैत्र ३, सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानले ठुलो परिणाममा अवैघ घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले शुक्रबार दिउसो १ हजार १ सय ६६ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो । खलङगा बजारका होटेल, शारदा नगरपालिकाको वडा न २, ६, १० न वडाका विभिन्न घरहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख भरत विकले जानकारी दिए । उनका अनुसार २ सय ३६ लिटर रक्सी, ९ सय ३० किलो जाँड , २ किलो रक्सी बनाउने औषधी, रक्की बनाउने भाँडाकुडाँ बरामद गरिएको छ । बरामद गरिएको मदिरा जिल्ला प्रहरी कार्यालय नजिकै नष्ट गरिएको छ ।

सल्यान जिल्लामा भएका अपराधिक क्रियाकलापहरुमा ९० प्रतिशत भन्दा बढि घटना मदिरा रहेको प्रहरी प्रमुख विकको भनाई रहेको छ । उनीले भने- “सल्यानमा अहिलेसम्म जतिपनि अपराधिक क्रियाकलापहरु भएका छन् । त्यसमा सबैभन्दा बढि कारकतत्वको रुपमा घरेलु मदिरा रहेको छ । यसर्थ घरेलु मदिरा उत्पादन, विक्रीवितरण र सेवनमा नियन्त्रण गर्न जरुरी छ ।” अहिले मदिरा मात्र बरामत गरेको र अबका दिनहरुमा कडाईका साथ उत्पादन गर्ने ब्यक्रिलाई नै प्रक्राउ गर्ने बिकले बताए ।

बिभिन्न कुराहरुमा मादक पदार्थ जोडिएकाले नियन्त्रण भयो भने समाजमा शान्ति सुरक्षा र सुब्यवस्था आउने प्रमुख बिकले बताए । जिल्लामा केही समय यता मदिरा नियन्त्रण अभियानमा प्रहरी लागी परेको छ ।

बरामद गरिएको जाँडमा अखाद्य पदार्थ मिलाएको पाइएको समेत उहाँको भनाई रहेको छ । मदिरा उत्पादकले उत्पादन गरेको मदिरामा सेम्पु, सालको पात, प्याड, बोरा, केराको बोक्रा र चप्पल समेत प्रयोग भएको पाईएको छ ।

अवैध मदिरा उत्पादन तथा विक्रि वितरणमा रोक लगाउनका लागि जिल्लामा कोष तथा लेखा नियन्त्रकको संयोजकत्वमा अवैध मदिरा नियन्त्रण समिति गठन समेत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले जानकारी दिए । उक्त समितिमा जिल्ला प्रशासन कार्यालयको एक जना प्रतिनिधि र जिल्ला प्रहरी कार्यालयको एक जना प्रतिनिधि रहेका छन् ।

बजार अनुगमनमा तिब्रता
यसैबिच जिल्लामा बजार अनुगमनलाई तिब्रता दिईएको छ । जिल्ला प्रशासन कार्यलयको पहलमा शुक्रबार खलङगा बजारमा अनुगमन गरि म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमामा गएको टालीले शुक्रबार बजार अनुगमन गरी आबश्यक निर्देशन समेत दिएर म्याद नाघेका सामानको जफत गरी सामान नष्ट गरिएको हो । अनुगमन गर्दा धेरै चक्लेट, बिस्कुट, जिरा मसला, भुजा र पापड लगायतका सामान म्याद गुज्रिएको पाईएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनले बताए । यो अभियान निरन्तर सञ्चालन हुने उनले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार