• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

टीका पुन र कृष्ण रेउलेकाे अावाजमा ‘डोल्पा जाने रेल बाटो’ सार्वजनिक (भिडियाेसहित)


चैत ३, काठमाण्डाैँ ।

चर्चित लोक तथा लोहोरी गायिका टीका पुनको नयाँ गीतको म्युजिक भिडियो ‘डोल्पा जाने रेल बाटो’ सार्वजनिक भएको छ । सुर्खेतमा जन्मिएकी टीका पुन र सल्यानमा जन्मिएका चर्चित लाेकदाेहाेरी गायक कृष्ण रेउलेकाे अावाजमा रहेकाे याे गीतमा नेपाल चिनाइएको छ ।

गीतमा मेचिदेखि महाकालिसम्मको नेपालको भौगोलिक अवस्थास“गै पर्यटकीय स्थललाई समेटिएको छ । ‘डोल्पा जाने रेल बाटो’ टाइटलको यो गीतमा नेपाललाई स्वीट्जर ल्याण्ड भन्दा पनि राम्रो भएको भन्दै चिनाइएको छ ।

नेपालमा राम्रा ठाउँ हुँदाहुँदै घुम्नका हंकङ, सिंगापुर लगायतका विदेशमा जाने गरेको भन्दै नेपालमै टूर गर्न सुझाव दिइएको छ । नेपालका सरगमाथाका बेस क्याम्प, खप्पतड, डोल्पा, जुम्ला, हुम्ला, मुस्ताङ, जोमसोम नै स्वर्ग भएको बताइएको छ ।

हिमाली रेल मार्गको परिकल्पना, जलविद्युत निर्माण, आन्तरिक पर्यटन प्रबद्धृन, युवालाई स्वदेशमै रोजगारी दिएर नेपाललाई समृद्ध बनाउनु पर्नेसुझाव गीतबाट दिइएको छ ।

पूर्वकाका मान्छेलाई पश्चिम र पश्चिमका मान्छेलाई पूर्वका ठाउ“ बारे कम मात्र जानकारी नहुने भएकोले एउटै गीतमा देशभरका महत्वपूर्ण ठाउ“लाई समेटिएको गायिका पुनले बताइन् ।

देशमा पर्यटनको ठूलो सम्भावना हु“दाहु“दै पनि प्रचार हुन नसकेकोले यो गीत ल्याइएको उनको भनाइ छ ।

यो गीतमा टीका पुन र कृष्ण रेउलेको स्वर र अभिनय रहेको छ भने लय शब्द कृष्ण रेउलेकै रेहेको छ । आशिष अविरलको एरेन्ज गरको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका छन् ।

भिडियाे हेर्नुहाेस्

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार