चैत ३, काठमाण्डाैँ।
मानिसको जीवनमा हरेक कुरामा गोपनीयता भन्ने कुरा हुन्छ नै। गोपनीयता अपनाउन सकिएन भने भइरहेको राम्रो सम्बन्धमा पनि आँच आउन सकिन्छ। आफ्नै परिवार भित्र त कतिपय अवस्थामा गोपनीयता अपनाउनुपर्ने हुन्छ। यसर्थ नाता र सम्बन्धमापनि एक प्रकारको सिमा हुन्छ।
जति नै आत्मियता भएपनि कति कुराहरू गोप्य राख्नु आवश्यक छ। यहाँ उल्लेख गर्न खोजिएको विषय हो प्रेमीकाले आफ्नो प्रेमीसँग गोप्य राख्नुपर्ने चार कुरा। कतिपय प्रेमीकाहरुले भावनामा बगेर आफ्ना प्रेमीसँग बोल्न नहुने कुराहरू बताउँदा समस्यामा पर्ने गरेका छन्। त्यसैले जान्नुहोस् यी चार कुरा।
१. आफ्नो साथीको गोप्य कुरा
आफ्नो साथीको गोप्य कुरा कहिँलेपनि आफ्नो प्रेमीसँग भन्न नहुने सबैभन्दा महत्वपूर्ण कुरा हो। आफ्नो साथीहरूले विश्वासका साथ भनिएका गोप्य कुरा आफूले प्रेमीलाई बताएपछि समस्यामा पर्न सक्छ। यसर्थ साथीहरूको गोप्य कुरा आफ्नो प्रेमीलाई नभन्नु नै बुद्धिमानी हुन्छ।
२. पासवर्ड
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राम तथा मेलआइडी र बैँक एटिएम लगायतका पासवर्ड पनि आफ्नो प्रेमीलाई भन्न नहुने कुरामा निकै सचेत हुनुपर्छ। कतिपय प्रेमीकाहरुले भावनामा आएर आफ्नो पासवर्डहरू आफ्नो प्रेमिकालाई बताउँदा पछ घातक साबित हुने सम्भावना रहन्छ। यसर्थ आफ्ना पासवर्ड प्रेमीलाई कहिलेपनि भन्नु हुदैँन।
३. परिवारको कुरा
आफ्नो परिवारको कुरा गोप्य राख्नु अर्को महत्वपूर्ण पक्ष हो। प्रेमीसँग मात्रै होइन अन्य मानिसहरूसँग पनि आफ्ना परिवारको कुरा गोप्य राख्नुपर्ने हुन्छ। यसर्थ भावनामा बगेर परिवारको कुरा आफ्नो प्रेमीलाई कहिले नभन्नुहोस्। परिवारको कुरा प्रेमीलाई भन्दा सम्बन्धमा असर त पर्छ नै त्यसको दुष्परिणाम पनि आउनसक्छ।
४. विगतको विषयमा
आफ्ना विगतका कुरा प्रेमीलाई भन्नबाट जोगिनु तपाईँको अर्को महत्वपूर्ण अवस्था हो। आफ्नो अघिल्लो सम्बन्ध वा कुनै व्यक्तिगत कुरा आफ्नो प्रमीलाई भन्नुहुन्छ भने सम्बन्धमा दरार आउने सम्भावना प्रबल रहन्छ।
यी हुन् आफ्ना प्रेमीलाई पनि भन्न नहुने कुरा कस्ता छन् त सुन्नुहोस् र आफ्नो श्रीमती अथवा प्रेमिकासँग राम्रो सम्बन्ध बनाई राख्नुहोस्।