• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

यीनै नायिकाकाे भित्री अंग हेर्न चाहन्थे निर्देशकले, सुटिङमै यस्ताे गरेपछि…


चैत ३, काठमाण्डाैँ ।

हलिउडकी लोकप्रिय नायिका जेनिफर लोपेजले आफुलाई एक निर्देशकले सेक्सुअल ह्यार्यासमेन्ट गरेको दाबी गरेकी छिन् । हार्पस बजार म्यागेजिनका लागि दिएको अन्तरवार्तामा लोपेजले भनेकी छिन् । ‘पछिल्लो समय केही नायिका आफुले भोगेका यौन हिंसाको घटना सार्वजनिक गर्दैछन् । कतिपय घटना निकै घिनलाग्दो र सुन्न नसकिने खालको छ ।’ उनले भनेकी छिन् ‘मेरो साथ कुनै ज्यादती त भएन तर, फिल्म उद्योगमा मैले पनि केही संकट झेल्नु पर्‍यो ।’

लोपेजका अनुसार जतिवेला उनी न्यूकमर थिइन् । एक निर्देशकले उनलाई फिल्ममा काम दिन भन्दै बोलाए ।

उनी कुराकानी गर्न गइन् । कुराकानीको क्रममा निर्देशकले सर्ट उतार्न निर्देशक दिए । लोपेज भन्छन् ‘उनी मेरो भित्री अंग हेर्न चाहन्थे ।’ उनले म यस्तो गर्न सक्दिन भनेर जवाफ दिइन् । तर, यसो भनिरहँदा उनको मुटुको धड्कन जोडले बढेको थियो । उनले आफैलाई मनमनै प्रश्न गरिन् ‘यही मान्छेले मलाई काम दिँदै छ भने मैले धेरै थर्काउनु उचित हुँदैन ।’ लोपेजले निर्देशकको नाम भने भनिनन् ।

हलिउड निर्देशक हार्वी विस्टिनमाथि केही नायिकाले यौन हिंसाको आरोप लगाईरहेका छन् । अहिलेसम्म उनी विरुद्ध बोल्नेहरु १३ जना पुगेका छन् । केही नायिकाहरुले सामाजिक सञ्जालमा एकखालको क्याम्पियन नै सुरु गरेका छन् । ‘द न्यूयोर्क टाइम्स’मा केही महिना पहिला छापिएको लेखमा उल्लेख भए अनुसार विस्टिनले १९९० देखि २०१५ सम्म १३ महिलालाई यौन हिंसा गरेका थिए । हिंसामा पर्नेमा एन्जेलिना जोलीदेखि ग्वेनेथ पेल्ट्रोसम्म थिए ।

राधिकालाई सुटिङमै मसारे

हिन्दी चलचित्र ‘प्याडम्यान’ कि नायिका राधिका आप्टेले एक तमिल फिल्मको सुटिङका क्रममा एक लोकपि्रय नायकले यौन हिंसा गरेको बताइन् । राधिकाको अनुसार सुटिङको पहिलो दिन थियो । दक्षिण भारतका एक लोकपि्रय नायकले पैताला मुसार्न थाले । जुन ब्यक्तिसँग उनको चिनजान समेत थिएन ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार