चैत ३, कैलाली ।
‘बोक्सी’अारोपमा कुटपिट भएकी राधा चौधरी बोक्सीविरोधी अभियानमा जुटेकी छन् । कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी हुन् ।
‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ चेतनामूलक कार्यक्रममा सहभागी भएकी छन् । सोही कार्यक्रममा राधालाई अभिनन्दन समेत गरिएको छ ।
कार्यक्रममा बाल्दै राधाले आफू निर्दोश भएको बताउँदै अाफूमाथि अन्याय भएको बताइन् । । ‘म निर्दोश मान्छेलाई कुटपिट गरेर मलाई अपहेलना गर्नु भयो’, उनले भनिन्, ‘मलाई गरिएको यो अभिनन्दनले उहाँहरुको पनि आँखा खुलोस् ।’त्यस घटनाको बारेमा स्मरण गर्दा उनी ब्यासमै रोएकी थिइन् ।
अभियानका संयोजक गोविन्दशरण उपाध्यायका अनुसार सोही अवसरमा बोक्सीप्रथाविरुद्धको सामाजिक चलचित्र ‘अग्नीदह’ पनि प्रदर्शन गरिएको थियो ।
त्यसै गरि घोडाघोडी नगरपालिकासँग जोडिएर रहेको गौरीगंगा नगरपालिकामा पनि सोही अभियान शुरु भईरहेको ओरेक नेपालकी कार्यक्रम संयोजक सरिताले जानकारी दिइन् ।
नगरपालिकाका न्यायीक समितिले कैलालीमा क्रियाशील संस्थासँग समन्वयन गरि अभियान थालेको जानकारी दिइन् । फाया नेपालले फागुन ३० र चैत १ गतेका दिन वडा नं. ८ र ७ मा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।