• २०७८ असार ९ गते बुधवार
  • Preeti To Unicode

सल्यानमा एक बजार अागलागीः ८ अाेटा पसल जलेर नस्ट, घटनाकाे विवरण यस्ताे छ ?


चैत ३, सल्यान ।
सल्यानमा आगलागिबाट ८ घर जलेका छन । सल्यानको बागचौर नगरपालिका ५ बाँगेलाखुरीमा रहेको प्रहरी चेकपोष्ट देखि बाँयाँतिरका आगलागि भएको खबर प्राप्त भएको छ ।

जंगबहादुर चन्दको किराना पसलबाट शुरु भएको आगलागिले वरपरका ८ वटा पसल पुर्ण रुपमा जलेका छन् भने अन्य २ अाेटा घरमा पनि सामान्य क्षेती भएकाे प्रहरीले जनाएकाे छ ।

स्थानिय बजारमा रहेको चन्दको पसलमा बेच्न राखिएको पेट्रोलका कारण आगो लागेको एक स्थानियले जनाएका छन ।

प्रहरीले भने आगलागिको कारण खुल्न नसकेको बताएको छ । आगलागिबाट अनुमानित ५ करोड बराबरको क्षति भएको जनाइएको छ ।

आगलागीबाट १ सुनचाँदी, २ नास्ता र अरु किराना पसल जलेका हुन । दिउसो २ बजे लागेको अागलागि करिव ४० मिनेटमा नियन्त्रणमा अाएको थियो । घटनाको विस्तृत विवरण अाउन बाँकी छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार