• २०७७ कार्तिक ६ गते बिहिवार
  • Preeti To Unicode

सल्यानमा च्युराको छाना हावाहुरीले उडायो


दुर्गा वि.सी. 
चैत ३, सल्यान ।
सल्यान बनगाडकुपिण्डे नगरपालीका वडा ५ शंखपिपल च्युरामा रहेकाे त्रिभुवन जनता माध्यमिक विद्यालयको २ कोठे भवनको छाना हावा हुरीले उडाएको छ ।

विहीबार वेलुकी आएको हावाहुरीले २ कोठे भवनको छाना उडाएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा अत्यधिक विद्यार्थीको चाप भएकोले यस अघि भवन अभावमा प्राथामिक तहका कक्षाहरू समेत मर्ज गरेर पठन पाठन सञ्चालन गर्ने गरिएको थियो ।

कक्षा १ देखि १२ सम्मका कक्षा सञ्चालन गर्दा र मावि तहमा सेक्सन विभाजनका कारण विद्यालयमा कक्षा कोठाको अभाव रहेको विद्यालयले वताएको छ ।

२ कोठे भवनको छाना हावा हुरीले उडाए पछि कक्षा सञ्चालन र आउँदै गरेको एसईई परीक्षा सञ्चालनमा समेत समस्या भएको विद्यालयका प्रअ पुर्ण प्रसाद जैसीले वताएका छन । विद्यालयको छाना हावा हुरीले उडाए पछि विद्यालयलाई २ लाख वराबरको क्षेती पुगेको जैसीको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार