• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

सल्लीवजार व्यवस्थापन समिती गठनः अध्यक्षमा शिव वली


दुर्गा वि.सी.
चैत ३, सल्यान ।
सल्यानको सल्लीवजारमा आज बजार व्यवस्थापन समिती गठन भएको छ ।

नयाँ निर्वाचित समितीलाई वजारको सम्पुर्ण समस्याको समाधान प्रति ध्यान दिन वजार वासिले आग्रह गरेका छन् । सल्लीवजारको हाट वजारमा भएको भेलाले सल्लीवजार व्यवस्थापन समितीको अध्यक्षमा शिव वलीलाई चयन गरेका छन् ।

त्यसै गरि उपाध्यक्षमा प्रमेश के.सी.,सचिवमा इन्द्रजीत भाट, कोषाध्यक्षमा गणेश वुढा र २ जना सदस्य पछि थप गर्ने गरि आज ९ सदस्यी पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलाले सल्लीवजारमा सुरु भएको खानेपानीको चरम संकटलाई तत्तकाल समाधान गर्न नगरलाई पहल गरिदिनका लागि डेलिगेशन जाने,यदि नगरबाट समेत कुनै सहयोग प्राप्त नभएमा वजारवासिले आर्थिक संकलन गरि वजारलाई खानेपानीको व्यवस्थापन गर्ने निर्णय समेत भएको छ ।

बजारमा अव्यवस्थीत रुपमा पाकिङ्घलाई व्यवस्थीत पार्ने र वजारमा पोलहरुमा वत्ती जडानका लागि नगरलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आज गठन भएको समितीलाई बजारको खानेपानी समस्या प्रति चासो दिन भेलामा उपस्थीत स्थानीले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार