• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

अागलागीले सल्यानकाे बाँगेलाखुरी बजार धाेस्तः हेर्नुहाेस् ८ तस्बिर


चैत ३, सल्यान ।
सल्यानमा आगलागिबाट ८ घर जलेका छन । सनिबार बागचौर नगरपालिका ५ बाँगेलाखुरीमा रहेको प्रहरी चेकपोष्ट देखि बाँयाँतिरका पसलहरुमा अागलागि भएको हाे ।

जंगबहादुर चन्दको किराना पसलबाट शुरु भएको आगलागिले वरपरका ८ वटा पसल पुर्ण रुपमा जलेका छन् भने अन्य २ अाेटा घरमा पनि सामान्य क्षेती भएकाे प्रहरीले जनाएकाे छ ।

स्थानिय बजारमा रहेको चन्दको पसलमा बेच्न राखिएको पेट्रोलका कारण आगो लागेको एक स्थानियले जनाएका छन ।

प्रहरीले भने आगलागिको कारण खुल्न नसकेको बताएको छ । आगलागिबाट करोडाैँ बराबरको क्षति भएको अनुमान गरिएकाे छ ।

आगलागीबाट १ सुनचाँदी, २ नास्ता र अरु किराना पसल जलेका हुन । दिउसो २ बजे लागेको अागलागि करिव ४० मिनेटमा नियन्त्रणमा अाएको थियो । घटनाको विस्तृत विवरण अाउन बाँकी छ ।

हेर्नुहोस तस्वीर 

फाेटाे निर्मल भण्डारीबाट 

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार