सरिता चलाउने
फोगुन ३, सल्यान ।
सल्यानकाे शारदा नगरपालीका वडा नम्बर २ मा रहेकाे जोगिदेउखोला टाेललार्इ आज पुर्ण सरसफाई उन्मुख टोल घोषण गरिएको छ ।
स्वच्छ, सफा, सुन्दर समुन्त सल्यान, पुर्ण सरसफाईयुक्त जिल्ला हाम्रो अभियान भन्ने मुल नारा सहित जिल्लाको चौथो तथा शारदा नगरपालीको दोस्रो पुर्ण सरसफाई उन्मुख टोल घोषण गरिएको हो । नगरपालीका स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वयन समिती, वडा स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वयन समितीको आयोजना तथा शारदा नगरपालीका सल्यान, एस यान भि नेपाल, पास नेपालको सहकार्यमा आज एक कार्यक्रमका आयोजना गरी जोगिदेउखोला टोललाई पुर्ण सरसफाई उन्मुख टाेल घोषण गरिएको छ ।
शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले जोगीदेउखोला बासीलाई म सरसफाई गर्दिन भनेर सफत खुवाएर टोललाई पुर्ण सरसफाई उन्मुख टाेल घोषण गरेका हुन् । शारदा नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष केशब सिङ श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीको प्रमुख आथित्यता तथा खानेपानी तथा सरसफाई डिभिजन सल्यानका प्रमुख गुणनिधि पोखरेल, शारदा नगरपालीकाका उपप्रमुख साबित्रा बस्नेतको बिशिष्ट आथित्यतामा टोल लाई पुर्ण सरसफाई उन्मुख टाेल घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीकाले सन २०२२ सम्म सल्यान जिल्लालाई पुर्ण सरसफाई उन्मुख जिल्ला घोषण गर्ने लक्ष्य लिएकाले सबैलाई निरन्तर लागी पर्ने आग्रह गरे । सरसफाई आफनो ब्यक्तिगत जिबन भएकाले सरसफाई भयो भने स्वास्थ्य सफल हुने, बाल मृत्यदर घटने बताए । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यलय सल्यानका प्रमुख गुणनिधि पोखरेलले सरसफाई एउटा निरन्तर चल्ने प्रक्रिया भएकाले योजना बनाएर निरन्तर रुपमा सरसफाईमा लागी पर्ने बताए। सानो गल्तीले पनि आफनो ब्यक्तिगत सरसफाईमा प्रभाब पार्ने भएकाले यसमा बिशेष ध्यान दिन उनले आग्रह गरे ।
यस्तै शारदा नगरपालीकाकी उपप्रमुख साबित्रा बस्नेतले मानिस स्वस्थ हुनको लागी पनि अनिबार्य सरसफाई आबश्यकता भएको बताइन् । घर आगन सफा भयो भने मानिस सधै स्वस्थ र खुसि हुने उनले बताइन् ।
पास नेपाल सल्यानकी सोबिता बस्नेतको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शेरजङ शाहाले गरेका थिए । कार्यक्रममा पुर्ण सरसफाई उन्मुख टाेल घोषण गर्न सहयाेग गर्ने विभिन्न व्यक्तीहरुलार्इ प्रमाण पत्र सहित सम्माण गरिएकाे थियाे ।