• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानको सल्लीवजारमा खानेपानीको चरम संकट


दुर्गा वि.सी
चैत ३, सल्यान ।
सल्यानको बनगाड कुपिण्डेको सल्लीवजारमा खानेपानी  नहुदाँ भेरी नदिको दुषित पानी खान बाध्य भएका छन् ।
नगरपालीकाको केन्द्रमा पानी अभावले व्यवसायमा समेत असर पर्न थालेको छ । नगरपालीका स्थापना भएसँगै सल्लीवजारको जनघनवत्व ह्वातै वढेको छ । विगत लामो समय देखि खाने पानीको समस्या हल हुन नसकेको वजार व्यवस्थापन समितिका अध्यक्ष शिव वलीले वताए । वर्षातसँगै हिउँदे तथा खडेरीको समयमा समेत पानीको अभाव टड्कारो रहेको रहेको छ । बजारमा प्रयाप्त मात्रमा पानी नहुदाँ व्यपारि,स्थानी,होटल व्यवसायी समेत यसको मार खेपी रहेका छन् । पानी नहुदाँ होटलमा ग्राहक समेत आउन नमानेको व्यवसायीको दुखेसो छ ।
२०५६ सालमा निमार्ण गरेको खाने पानीको मुहान सुक्न थाले पछि वजारमा खानेपानीको जोह भेरी नदि बनेको छ । पहुच र जसोतसो ऋण साबट गरेर करिव १ लाखको लागतमा यहाँका सिमित व्यपारिले इनार खनेर इनारको पानी प्रयोग गरेता पनि ९५ प्रतिशत नागरिकले भने पानीको चरम संकट व्यहोरीरहेका छन् ।  ३ सय  भन्दा वढि घरधुरीमा ६ हजारको हाराहारीमा रहेको जनसंख्याले भेरी नदिको दुषित पानी पिउने गरेका छन् । सामान्य मात्रमा धारामा आउने पानीको लागि सो क्षेत्रका महिलाहरु दिनभर धारामा जागाराम बस्ने गरेका छन् ।
पानीको लागी सल्लीवजार बासीले निक्कै दुख खेपिरहेका छन् । वर्षातमा समेत पिउने पानी भेरी नदि नजीक भएकोले हिलाम्मे पानी समेत प्रयोग गर्ने गरेका छन् । सल्यान जिल्लाको व्यापारिक केन्द्र तथा जिल्लाकै सबै भन्दा ठुलो वजार भएता पनि खानेपानिको समस्या निराकरणमा कसैले चासो नदिएको महिला नेतृ लक्ष्मी बराइली बताउँछिन् । सुख्खा खडेरीमा जसै वर्षायाममा समेत त्यहाँका नागरिकले प्रयाप्त मात्रमा खानेपानि नहुदाँ होटल व्यवसायीमा असर पुगेको व्यापारिहरुले वताउँने गरेका छन् । खानेपानीको लागि व्यवस्था गरिदिन सबैसँग पहल गरियो तर कतै कहिबाट समेत आश लाग्दो सहयोग नपाएको यहाँका नागरिकको दुखेसो रहेको छ ।
सल्लीवजार समतल भुभाग र प्रसस्त पानीका मुहानहरु हुदाँ हुदै पनि पानी प्रयाप्तताका लागि सहजै स्थान भएता पनि नागरिकले खेपिरहेको सास्ती प्रति सम्वन्धीत निकायको ध्यान नगएको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार