चैत ३, रोल्पा ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल, रोल्पाको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलनबाट ४ जना पछि थप्ने गरी दीपेश पराइ विष्टको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा उपाध्यक्ष दाना केसी सचिव हर्क घर्ती सहसचिव कमान पीएम कोषाध्यक्ष चित्र झाँक्री रहेका छन् । अन्य सदस्यहरुमा डीके रोका, जीतबहादुर घर्ती, केशव पुनमगर, हरीमाया महरा, सन्तोष हरदम मगर, गणेश विष्ट, मुना बुढाथोकी, संस्कृति विक महादेवी पुरी रहेका छन।
सो अबसरमा प्रमुख अतिथिको तर्फबाट बोल्दै क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले राजनितिक अधिकार प्राप्त भएमा मात्रै सम्पुर्ण अधिकार प्राप्त हुने बताए । उनले राज्यले हरेक नागरिकलार्इ राजनीतिक अधिकार दिनुपर्ने भन्दै पत्रकारले त्यसमा सहयोग पुराउनुपर्ने धारणा राखे । संगठनका केन्द्रिय सदस्य तथा लुम्बिनी संयोजक प्रकाश डुम्रेले पुरानो सत्ताले जनतामा यहि व्यवस्था ठिक भएको भ्रम छरिरहेकोले क्रान्तिकारी पत्रकारहरुले त्यो भ्रम चिरेर वैज्ञानिक समाजवादी व्यवस्था पक्षमा जनमत सिर्जना गर्नु गर्ने धारणा राखेका थिए ।
सो अबसरमा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी सन्तोष सुवेदी, सुनिल स्मृति गाउँपालिका ४ नं वडाका अध्यक्ष गन्ज क्षेत्री उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष वालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाको अध्यक्ष महेश न्यौपाने, प्रेस चौतारी रोल्पाका अध्यक्ष जीवन डाँगी, प्रेस युनियन रोल्पाका सचिव लोकेन्द्र चन्द, प्रगतिशील पत्रकार संघ रोल्पाका प्रतिनिधि प्रतिभा सुनारले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यसमितिको पहिलो बैठकले अनलाइन पत्रिका सञ्चालन गर्ने र नयाँ वर्षको भित्ते पात्रो प्रकाशन गर्ने निर्णय गरेको छ । साथै बैठकले संगठनको सल्लाहकारमा महेश न्यौपाने र भरत नेपालीलाई मनोनित गरेको छ ।