• २०७७ मङ्सिर ९ गते मङ्गलवार
  • Preeti To Unicode

गुण्डा नाइके लामाकाे बिषयलार्इ लिएर प्रहरीसँग हानाहानः काँग्रेस सभापतिसहित दर्जन घाइते


चैत ३, काभ्रे।

हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिले निकालेको मसाल जुलुसको क्रममा प्रहरीसंग झडप भएको छ ।

लामाको रिहाइको माग गर्दै निकालेको प्रहरीले जुलसलाई रोक्ने प्रयास गर्दा झडप भएको र उक्त झडपमा केही कार्यकर्ता घाइते भएको कांग्रेसका नेता रामेश्वर ढकालले जानकारी दिएका छन् ।

झडपमा परि घाइते हुनेहरुमा २ नम्बर क्षेत्रका क्षेत्रिय सभापति रमेश हुमागाई, अनिल लामा, देभराज लामा, अकोश कुमार श्रेष्ठ, महेश श्रेष्ठ लगायतका १२ जना रहेका छन् ।

हुमाइगाईको टाउकोमा चोट लागेको छ, अनिल लामाको हात भाचिएको छ, ढकालले बताए । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला पार्टी सभापति मधु आर्चाय कार्यलयबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए । उपसभापति अचुत पौडेलले बनेपा बजारबाट निस्किएको जुलुसको नेतृत्व गरेका थिए ।

काभ्रे प्रहरीका डिएसपी महेन्द्र मरासैनीसँगको टेलिफोन सम्पर्कमा उनले प्रहरीसँग प्रदर्शनकारीको झडप भएको र भीडलाई नियन्त्रण लिन दुई राउण्ड अश्रुग्याँस फायर गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७४ चैत्र ३ गते शनिवार