• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

यी हुन् नेपालकै कान्छी सांसद


चैत ४, दैलेख ।

प्रतिनिधिसभाकी सांसद पार्वती बिशुन्के देशभरकै सबै सांसदभन्दा कम उमेरकी सांसद बनेकी छन् ।

नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी बिशुन्केको नागरिकतामा जन्ममिति २०४३ साल असोज १८ गते रहेको छ ।

संसद सचिवालयको अभिलेखअनुसार संघीय र प्रदेशसभाका सदस्यमध्ये बिशुन्के सबैभन्दा कम उमेरको सांसद बनेकी हुन् ।

उनी दैलेखको नारायण नगरपालिका १ निवासी हुन् । याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार