• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानकाे कपुरकाेटमा चैत ६ र ७ सांस्कृतिक कार्यक्रम, तयारी तिव्र गतिमा


चैत ४, सल्यान ।

सल्यानकाे कपुरकाेटमा हुन लागेकाे सांस्कृतिक कार्यक्रमकाे तयारीलार्इ तिव्र गतिमा अगाडी बढार्इएकाे छ ।
गर्मियाम शुरु भएसंगै घुमफिरका लागी सबैको रोजाइ पर्ने सल्यानकाे कपुरकोटमा यही चैत्र  ६ र ७ गते सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे । निरन्तर विभिन्न सामाजिक कामका साथै लोक कला संस्कृतीको संरक्षण, सम्बद्र्धनमा लागीरहेको सुनौलो विहानी युवा क्लवले चैतेदशैंको अवसर पारि कार्यक्रम गर्न लागेकाे हाे ।

कार्यक्रमकाे तयारि स्वरुप जिल्लाको प्रवेशद्धारको रुपमा रहेको कपुरकोट बजारमा अाज आइतबार विहान ८ बजेदेखि सुनौलो विहानी युवा क्लव किमुचौरले सरसफाइ सुरु गरिएकाे छ । ६ र ७ गते हुन लागेको कार्यक्रममा बजार क्षेत्रमा भिडभाड नरहोस् भनेर क्लवले गाडी पार्किङको पनि व्यसस्था गर्ने भएको छ । प्रहरी चौकि कपुरकोट र ट्राफिक प्रहरी संगको सहकार्यमा पार्किङका लागी निश्चीत स्थान तोकिएको क्लवका अध्यक्ष चुडामणि पिएमले जानकारि दिएका छन् ।

दुइ दिन सम्म कपुरकोटमा हुन लागेको सांस्कृतिक कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु चन्द्र शर्मा, रोशन सिंह, टंक तिमिल्सीना, सम्झना लामिछाने, करिष्मा ढकाल लगाएत दुइ दर्जन कलाकारले मनोरञ्जन दिने कार्यक्रम संयोजक पुरुषोत्तम परियारले जानकारि दिएका छन् ।

विशेष गरि गर्मियाम शुरु भइसकेकोले शितल वातावरण, चिसो पानी र ढकमक्क लालीगुराँसले गर्दा निकै सुन्दर मानिने कपुरकोटमा सांगीतीक मनोरञ्जन प्रदान गर्नका लागी कार्यक्रमको आयोजना गरिएको आयोजकले बताएको छ ।

 

 

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार