• २०७७ मङ्सिर १७ गते बुधवार
  • Preeti To Unicode

सल्यान अागलागीकाे क्षेति विवरण अायाेः प्रहरीले कारण खुलेन भन्छ, नेकपाले यसरी खुलायाे


चैत ४, सल्यान ।

सल्यान बागचौर नगरपालिकाको बांगेलाखुरि बजारमा शनिबार भएकाे आगलागीकाे क्षेतिकाे विवरण अाएकाे छ भने प्रहरीले आगलागीकाे कारण अझै  खुल्न नसकेकाे बताएकाे छ ।

जंगबहादुर चन्दको किराना पसलबाट शुरु भएको आगलागिले त्यस वरपरका नौ वटा पसल जलेर नष्ट भएका छन् । जसमा दुइवटा घर सहितका पसल रहेका छन् । त्यस्तै तीनवटा मोटरसाइकल पनि जलेको र्इलाका प्रहरी कार्यालय सिमखोलिले जानकारि दिएको छ ।

गोविन्द बुढाथोकीको दार्मालि नास्ता पसल, खुमराज दमाइको टेलरिङ सेन्टर, राम बहादुरको सुनचादि पसल, इन्द्र बहादुर कामीको कोल्ड स्टोर, जंग बहादुर चन्दको गल्ला पसल, अनुरुप केसीके किराना पस, गोविन्द्र प्रसाद देवकोटाको फेन्सी पसल जलेर नष्ट भएको प्रहरिनायव निरिक्षक राज बहादुर चन्दले जानकारि दिए । आगलागी बाट करिब ३ करोड २० लाख बढीको क्षती भएको अनुमान गरिएको छ ।

बाँगेलाखुरीमा रहेको प्रहरी चेकपोष्ट देखि बाँयाँतिरका पसलमा आगलागि भएको हो । प्रहरीले कारण अझै नखुलेकाे बताए पनि केहि स्थानियले जंग बहादुर चन्दको पसलमा बेच्न राखिएको पेट्रोलबाट आगो सल्कीएको स्थानीयले बतएका छन् ।

यसैबिच बाँगेलाखुरी बजार आगाली भएको प्रति नेपाल कम्युनिष्ट पार्टी सल्यानले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको छ । किराना पसलबाट खुलेआम पेट्रोल बेच्दा अागाे सल्किएकाे भन्दै अाफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी लोकपाल केसी (महेन्द्र)ले जारी गरेकाे विज्ञप्तीमा भनिएको छ –“दिउसो सल्यानको बागचौर नगरपालीका ५ मा रहेको बाँगेलाखुरी बजारमा किराना पसलबाट लागेको आगलागिले दर्जन बढि घरमा क्षति पुगेकोमा हाम्रो ध्यान केन्द्रित छ । स्थानिय सरकार बनेपछि सल्यानमा पनि जनतालाई २ सय प्रतिशत भन्दा बढिले कर थोपरेको सरकारले खुलेआम पेटोल बेच्दा पनि मुकदर्शक भएर बस्दा त्यसले बजारबासीलाई ठुलो क्षति पुग्यो । घटनाप्रति मुख्य जिम्मेवार वर्तमान सत्ता भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिन भन्दै पार्टीले संचालन गरेको जनपरिषदले जनकार्वाहीको लागि चेतावनी दिन्छ ।”

यस्तो छ विज्ञप्तीकाे पुर्ण पाठ

नेपाल कम्युनिष्ट पार्टी
जिल्ला समिति सल्यान

विषय ः प्रेस विज्ञप्ती

देशमा राजनीतिक अधिकार दिन नसकेको कथित सरकारले स्थानिय तहसम्म जनतालाइ अनावश्यक कर अनि त्यहि अनुसारको दुःख दिइरहेको छ ।

सिहदरबार जनता माझ ल्याएको जनाउने कथित सरकार संसदिय व्यवस्थाको सिहदरबारको अधिकार हैन भ्रष्टाचार बोकेर गाउमा आएको छ । त्यसैका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकिकृत क्रन्तिबाट निरन्तर क्रान्तिको मैदानमा छ ।

देश दलालको हातमा पुगेर जनता भ्रष्टाचार, बलात्कार, सामाजिक भेदभाव, कुरिती, कुसंस्कृती र अन्यायको शिकार भैरहनुपरेको छ । हाम्रो पार्टी त्यसको विरोधमा निरन्तर संघर्षमा छ ।
लाखौ वेरोजगारलाई झनै वेरोजगार बनाउदै परदेश धकेलेर सर्वसाधारण गरिव जनतामा बाँझो जमिनको अनावश्यक कर थुपारेको सरकार करछली, भ्रष्टाचारी र कालो बजारीयालाई प्रशय दिइरहेको छ ।

त्यसकै ज्वलन्त उदाहरण शनिबार मात्रै पनि सल्यानको बागचौर नगरपालीका ५ मा रहेको बाँगेलाखुरी बजारमा किराना पसलबाट लागेको आगलागिले दर्जन बढि घरमा क्षति पुगेकोमा हाम्रो ध्यान केन्द्रित छ । स्थानिय सरकार बनेपछि सल्यानमा पनि जनतालाई २ सय प्रतिशत भन्दा बढिले कर थोपरेको सरकारले खुलेआम पेटोल बेच्दा पनि मुकदर्शक भएर बस्दा त्यसले बजारबासीलाई ठुलो क्षति पुग्यो ।

घटनाप्रति मुख्य जिम्मेवार वर्तमान सत्ता भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिन भन्दै पार्टीले संचालन गरेको जनपरिषदले जनकार्वाहीको लागि चेतावनी दिन्छ ।

लोकपाल केसी (क. महेन्द्र)
जिल्ला सेक्रेटरी
नेकपा सल्यान
चैत्र ३, २०७४

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार