• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

दिपक मनाङे पक्राउ गर्न रेड कर्नर नोटिस जारी, यस्ताे ठाउँमा लुकेकाे अाशंका


चैत ४, काठमाडौं ।

मनाङको प्रदेशसभा क्षेत्र नम्बर (ख) बाट विजयी गुण्डा नाइके राजिव गुरूङ उर्फ दिपक मनाङेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएकाे छ ।

ज्यान मार्ने उद्योगमा अदालतबाट सजाय पाएर फरार रहेका मनाङेविरुद्ध नेपाल प्रहरीकाे अाग्रहमा इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको हो ।

२०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो ।

सर्वोच्च अदालतले गत माभ २ गते पुनरावेदन अदालत पाटनकै फैसलालाई सदर गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । फरार रहेकाे मनाङे भारतमा लुकेर बसेकाे दाबि प्रहरीले गरेकाे छ ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार