चैत ४, दाङ ।
दाङमा ट्रेक्टरको ठक्करवाट एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे राप्ती गाउँपालिका वडा नं. १ पुरानो भालुवाङमा शुक्रबार बेलुका ना ३ त ९८९५ नं. ट्रेक्टरले ठक्कर दिदा गढवा गाउँपालिका वडा नम्बर १ मलमला निवासी २१ वर्षीय लक्ष्मण कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
घाइते कुमाललेको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्रेक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।