• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

रेणु दाहाललाई तत्काल राजीनामा दिन पत्र, अटेरी गरे यस्ताे कारबाही गर्ने चेतावनी


चैत ४, चितवन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकाे राजीनामा माग गरिएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भरतपुर महानगरपालिकाकी मेयर दाहालको राजीनामा माग गरेको हाे । राजीनामा नदिए कारबाही गर्ने नेकपाको चेतावनी छ ।

नेकपाको जिल्ला जनपरिषद् (जनसत्ता) चितवनले मेयर दाहाललाई पत्र पठाएर राजीनामा गर्न भनेको हो । दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी हुन् ।
राजीनामा नदिए वर्गसंघर्षको निशाना पर्ने नेकपाको चेतावनी छ । जिल्ला जनपरिषद चितवनका प्रमुख नवराज पौडेल आफैले पत्रमा हस्ताक्षर गरेर शुक्रबार मेयर दाहाललाई पठाएका हुन् ।

‘सरकारले लोकतन्त्रको नाममा फाँसिवाद अभ्यास, आस्थाको भरमा गिरफ्तारी, गरिबी, व्यापार घाटा, मानव बेचबिखन, भ्रष्टाचार, कर छली, महिला बेचबिखन, महिला हिंसा, समामाजिक दलालीकरणहरूको तीव्रता बढीरहेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिई वैकल्पिक सत्ताको रुपमा स्वीकार गरी जनसेवा र राष्ट्र निर्वाणमा सहयोग गर्न आग्रह छ’, पत्रमा भनिएको छ ।

नेकपाले देशैभरिका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा माग गर्दै आएको छ । सोहि क्रममा भरतपुरकी मेयर दाहाललाई पनि राजीनामा दिन भनेको हो ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार