• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

दाङमा काँग्रेस सभापतिको घरमा चोरी


चैत ४, दाङ ।

दाङमा नेपाली काँग्रेसका वडा सभापतिको घरमा चोरी भएको छ ।

साविक तुलसीपुर वडा नम्बर १६ का सभापति तारा सेन ठकुरीको तुलसीपुर–४ रक्षाचौर स्थीत घरमा चोरी भएको प्रहरीले जनाएको छ । सेन पुरर्खेली घर तुलसीपुर –४ को लामीदमारका गएको मौका छोपी उनी बस्दै आएको रक्षाचौर स्थीत घरमा चोरी भएको हो ।

चोरले करिव चार तोला सुन, नगत २० हजार, ताकपडाहरु चोरी गरेको सेनले बताए । सनिवार साझँ सेन घरमा आउदा घरको ढोका, खुल्ला रहेको र घरमा विजुली बलेको देखेपछि सेनले चोरी भएको थाहापाएका हुन् ।

चोरले घरको ढोकाको ताल्चा फोडेर कोठामा रहेको दराज, तोडी नगत र लता कपडा सुन चोरी गरेको गोठिखोला अस्थाई प्रहरी चौकीका प्रहरी साहयक निरक्षक प्रदिपकुमार खड्काले बताए । खड्काले चोरको खोजी भईरहेको बताए ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार