• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का चढेको गाडी सुर्खेतमा दुर्घटना, अवस्था यस्ताे छ ?


चैत ४, सुर्खेत ।

पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का चढेको गाडी दुर्घटनामा परेको छ ।

सुर्खेतको वीरेन्द्रनगरबाट भेरीगंगा नगरपालिकाको मसिना जाने क्रममा खड्का चढेको बा १५ च ८३५४ नम्बरको गाडी दुर्घटना भएको हो ।

पूर्वमन्त्री खड्काको घुँडा, छाती र गर्धनमा चोट लागेको छ । उनको क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको छ । दुर्घटनामा खड्काका अंगरक्षक प्रहरी नायव निरीक्षक संजीव आचार्य सामान्य घाइते भएका छन् ।

गाडी भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

संकेतिक फाेटाे फार्इल

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार