• २०७७ असोज २ गते शुक्रवार
  • Preeti To Unicode

नेकपाका कार्यकर्ता थुनामुक्त, झुट्ठा मुद्दामा फसाइएको भन्दै नेताहरु आक्रोशित


चैत ४, कास्की ।

बम बिस्फोट गराउने कार्यमा संलग्न रहेको आरोप लगाएर जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेका नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन नेता तथा कार्यकर्ताहरु करीब तीन हप्तापछि रिहा भएका छन् । रिहा हुने नेकपाका नेता तथा कार्यकर्ताहरुमा पार्टी गण्डक ब्युरो सदस्य नन्दप्रसाद तिवारी ‘जगन बा’, अखिल नेपाल किसानका केन्द्रीय सदस्य एबम कास्की जिल्ला अध्यक्ष र मजदुर नेता खड्का बहादुर राई रहेका छन् l

उनीहरुलाई नेकपाले गत माघ ८ गते आयोजना गरेको नेपाल बन्दका क्रममा बम बिस्फोट भै पत्रकार घनश्याम पाण्डेसहित दूइ जना घाईते भएपछी कास्की प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले आबस्यक अनुसन्धानपश्चात जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमर्फत जिल्ला अदालत कास्कीमा पेश गरेको थियो । अदालतले गएको सुक्रबार तिनै जनालाई जनही ३५/३५ हजार रुपियाँ धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । त्यस दिन धरौटी राख्न समय नपुगेपछि तिनै जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएकाले जगन र पुष्प दुई शुक्रबारदेखि जिल्ला कारागार शाखा कास्कीमा बन्दी जीवन बिताई रहेका थिए । उनीहरुसंगै पक्राउ परेका खड्ग बहादुर राईले शुक्रबार नै आफ्नो धरौटी बुझाएर हिरासतमुक्त भएका थिए ।

यसैबीच, थुनामुक्त भएका नेकपाका नेता तथा कार्यकर्ताहरुले आफुलाई झुट्ठा मुद्दा लगाएर कास्की प्रसासनले दु:ख दिएको आरोप लगाएका छन् । नेकपा गण्डक ब्युरो सदस्य जगनले आफु यति बेला ब्युरो सदस्य बाहेक कास्कीको कार्यकारी पदमा नरहेको अबस्थामा कास्की जिल्लामा आयोजित बन्दका क्रममा भएको बम बिस्फोटलाई लिएर गिरफ्तार गर्नु दु:खद र आपत्तिजनक भएको बताए । उनले प्रहरीले सही तरीकाले अनुसन्धान नै नगरी आफुहरुलाई फंसाएकोमा आक्रोश ब्यक्त गरे ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार