• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

पाँच वर्ष भित्र काठमाण्डाैँमा रेल गुड्छ भन्ने यीनै मन्त्री हुन् ?


चैत्त ४, काठमाण्डाैँ ।
भौतिक पुर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले प्रयाप्त स्रोत साधान हुँदाहुँदै पनि नेपालमा विकास हुन नसकेको भन्दै पाँच वर्ष भित्रमा काठमाण्डौमा रेल गुड्ने दाबी गरेका छन ।

राजधानीमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले नेपालमा रहेको स्रोत साधानको सदुपयोग हुन नसकेको बताए । नेपालमा सम्भावना रहेको खानी उत्खनन गर्दा विकास लागि नेपाललाई ५० वर्षसम्म कसैको मुख ताक्न नपर्ने उनले बताए ।

नेपालले नसकेको अवस्थामा वैदेशिक साहायता लिएर भएपनि अब मुलुकमा समृद्धिको ढोका खुल्ने मन्त्री महासेठको भनाई छ । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उहाँले पाँच वर्षमा चमत्कार गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो समय विकासको क्षेत्रमा फड्को मारेका सिङ्गापुर, मलेसिया र साइप्रस जस्ता मुलुकको उदाहरण दिंदै उहाँले सरोकारवाला निकायहरुसँग छलफल गरेर उपत्यकाको सडक र सवारी व्यवस्थापनका गर्न योजना बनाइने स्पष्ट पारे ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार