• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

अभिनेत्री नन्दितासँग भानुले गरे यस्ताे रोमान्स (भिडियाेसहित)


चैत ४, काठमाडौं ।

गायक किरण गजमेर र गायिका टिका लामिछानेको स्वर रहेको ‘सङ्लो यो मन’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री नन्दिता केसी र मोडल भानु तिवारीले अभिनय गरेका छन् । रोमान्टीक थिममा तयार पारिएको भिडियोमा कलाकारको अभिनय गीत सुहाउँदो रहेको छ ।

सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन रहेको भिडियो भुवन रनपल र कमल राईले निर्देशन गरेका हुन् । गीतमा मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

हेर्नुहाेस् भिडियाे

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार