• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

क्रान्तिकारी पत्रकार संगठन प्युठानकाे नयाँ नेतृत्व चयन, अध्यक्षमा गोविन्द विश्वकर्मा


चैत ४, प्युठान ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल, प्युठानको अध्यक्षमा पत्रकार गोविन्द विश्वकर्मा चुनिएका छन । अइतबार भएको दोस्रो जिल्ला सम्मेलनले विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

जसको उपाध्यक्षमा सिता पिबि, सचिवमा मधुसूदन पोख्रेल, सहसचिव मोहन पौडेल र कोषाध्यक्षमा गन बहादुर पेस्तोल रहेका छन् । अन्य सदस्यहरुमा सगित भरत मगर, कमला राउत, माधब पोख्रेल र प्रकाश अाचार्य लगायत रहेका छन । सम्मेलनको उद्घाटन संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले गरेका थिए । बैशाख १५ र १६ मा राष्ट्रिय सम्मेलन हुने भएपछि चलाउने देशव्यापी अभियानमा हिडेका छन । उनि मंगलबार सल्यानको जिल्ला सम्मेलनमा प्रमुख अतिभी भएर पुग्नेछन ।

कार्यक्रममा संगठनका केन्दिय सचिवालय सदस्य प्रकाश डुम्रे लगायत नेकपाका जिल्ला स्तरका नेताको सहभागिता रहेको थियो ।

यसअघिका अध्यक्ष हरि भण्डारी केन्द्रिय सदस्यको जिम्मेवारीमा रहेपछि सम्मेलनबाट नयाँ नेतृत्व चयन गरिएको हो ।

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार