• २०७७ मङ्सिर १४ गते आइतवार
  • Preeti To Unicode

फोरम र राजपा तत्काल सरकारमा सहभागी नहुने, कारण यस्ताे छ ?


चैत ५,  काठमाण्डाैँ ।

केन्द्रीय सरकारमा संघीय समाजबादी फोरम र राजपाको सहभागिता तत्काल नहुने भएको छ । दुवै पार्टीले उठाएका माग सम्बोधन गर्न गठबन्धन सरकारले ठोस पहल नगरेको भन्दै तत्काल सरकारमा सहभागी हुने ती पार्टीको भनाई छ ।

अाजकाे कान्तिपुरमा खबर छ- संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गठबन्धन नेतृत्वसँग कुनै सहमति नभएकाले आफ्नो पार्टी सरकारमा नजाने स्पष्ट पारे । सरकारमा तत्काल नगएपनि बाम गठबन्धनलाई दिएको समर्थन भने फिर्ता नलिने अध्यक्ष यादवको भनाई छ । फोरमको आन्तरिक विवादका कारण सरकारमा सहभागी नभएको एमालेको भनाई झुटो भएको अध्यक्ष यादवले बताए । उनले भने-‘बाम गठबन्धनसँग कुनै पनि राजनीतिक सहमति भएको छैन । सरकारमा सहभागिताबारे पार्टीमा कुनै बिबाद पनि भएको छैन ।’

यसअघि एमालेले फोरमसँग राजनीतिक सहमति भएको भन्दै पार्टीको आन्तरिक कारणले सरकारमा सहभागी नभएको बताएको थियो । राष्ट्रिय जनता पार्टी राजपाले पनि तत्काल सरकारमा सहभागी नहुने जनाएको छ । संविधान संशोधनको मुद्दामा गठबन्धनले ठोस कदम नचालेको तथा पार्टीका सांसद रेशम चौधरीको रिहाईका लागि पहल नगरेको भन्दै सरकारमा तत्काल नजाने निर्णय भएको नेताहरुले बताएका छन् ।

 

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार