• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

साझा सवाल छाेडेपछि विद्या चापागाई ‘हेर्ने कथा’मा यसरी देखिइन (भिडियाेसहित)


चैत ५, काठमाडौं ।

बीबीसीको ‘साझा सवाल’ चलाएर लोकप्रियता कमाएकी विद्या चापागाई फेरि एकपटक चर्चामा आएकी छन् । नारायण श्रेष्ठ पीएचडीका लागि अमेरिका गएपछि आधा दशकअघि विद्याले बीबीसीको ‘साझा सवाल’ सञ्चालन गर्ने मौका पाएकी थिइन् ।

विद्याले चलाएका दुई–चारवटा कार्यक्रमबाहेक सबै इपिसोड चर्चामै रहे । बीबीसीले ‘साझा सवाल’ बन्द गरेपछि विद्या नयाँ भिडियो अनलाइन पत्रिका लिएर आएकी छन् । पछिल्लो समय उनले चलाएको ‘हेर्ने कथा’ लोकप्रिय हुँदै आएको छ ।

अहिलेसम्म ‘हेर्ने कथा’ मा चौकिनीको कथा, ढोरपाटनको ठेट भाका प्रसारण गरिसकेको छ । दुवै इपिसोडका कार्यक्रमले दर्शक तथा पाठकको मन जित्दै गएको छ । खासगरी विगतमा टेलिभिजन कार्यक्रम उत्पादन गरी प्रसार गरिसकेकाले पनि ‘हेर्ने कथा’ मा त्यसको प्रभाव देखिएको छ । दुर्गम ग्रामीण भेगका कथावस्तु, अहिलेसम्म बाहिर नआएका विषयवस्तु ‘हेर्न कथा’ मा देख्न पाइनेछ ।

हेर्नुहाेस् भिडियाे 

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार