• २०७७ असोज ९ गते शुक्रवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीका कारण ३ करोड जनताले दुख पाउदै, उपेन्द्र यादवले गरे यस्तो खुलासा ?


चैत ५, काठमाडौं ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारका कारण फेरि नाकाबन्दी हुने खतरा बढेको बताएका छन्।

अब साँच्चैको नाकाबन्दी हुने बताउँदै अध्यक्ष यादवले यो केन्द्र सरकारले निम्त्याइरहेको टिप्पणी गरे। ‘पहिले सीमासम्म पुगेर धर्ना बस्न बाध्य हुनुपरेको थियो, हामीहरूको भावनाविपरीत संविधान जारी भएपछि हामी सीमामा धर्ना दिन बाध्य भएका थियौँ ।तर अबचाहिँ साँच्चैको नाकाबन्दी हुने अवस्था आउँदै छ’, नागरिक समाजद्वारा आयोजित कार्यक्रममा उनले भने– ‘अब प्रदेश र केन्द्रका बीचमा द्वन्द्व हुन्छ, अधिकारका लागि सङ्घर्ष हुन्छ, मुखिया र खरिदारले समेत नटेर्ने प्रदेश सरकारको कुनै अर्थ रहन्न।

नाकाबन्दी सिर्जना हुन्छ।’नेता यादवले नेपालको संविधानले विविधतालाई सम्बोधन गर्न नसकेको चर्चा गर्दै भने– ‘प्रधानमन्त्रीले नै सङ्घीय अवधारणअनुरुपको व्यवहार गर्नुभएको छैन ।
कैलाली घटनाका रेशम चौधरीलाई प्रदेश सरकारले आवश्यक कारवाही प्रक्रिया अघि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले सिधै केन्द्रबाट आदेश दिनु, राधा चौधरीमाथि भएको कुटपिट प्रकरणमा दोषीहरूलाई कारवाही गर्न निर्देशन दिनु सङ्घीयताको अवधारणाविपरीत छ । धेरै समस्याहरू छन्, तिनको यथोचित सम्बोधन नभएसम्म शान्ति, स्थिरता र विकासको सम्भावना रहन्न ।’

यस्तै व्यवहारका कारण देशले साँच्चैको नाकाबन्दी फेरि खेप्नुपर्ने उनको अनुमान छ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार