• २०८० मङ्सिर १३ गते बुधवार
  • Preeti To Unicode

ब्लु फिल्म देखाएर बाबुले गरे आफ्नै ११ बर्षिया छोरीको बलात्कार


चैत ५, इटहरी ।

इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन ।

इटहरी ४ मा रुम लिएर बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए । इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलाइ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन ।

छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन ।

बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार