चैत ५, काठमाडौं ।
प्रथम नेपाल आइडलका बिजेता ’बुद्ध लामा’ले आफ्नो पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
नेपाल आइडल सिजन २ को अडिसन सुरु हुनै लाग्दा बुद्ध आफ्नो पहिलो म्युजिक भिडियो लिएर दर्शकमाझ उपस्थित भएका हुन् ।
सुरेश वाग्लेको शब्द रहेको ‘तिमी साथ भए पछि’ बोलको गजलमा बुद्धले आफ्नो स्वर भरेका छन् भने संगीत हरि लम्सालले रहेको छ ।
अर्जुन अधिकारीेले निर्देशन गरेको भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।
हेर्नुहाेस् भिडियाे