• २०७७ माघ ६ गते मङ्गलवार
  • Preeti To Unicode

राजिनामा देउ भन्दै सल्यानका १० अाेटै तहका जनप्रतिनिधिलार्इ पत्र


चैत ५, सल्यान ।

सल्यानका दश अाेटै स्थानीय तहका जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिन विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टींकाे जिल्ला जनपरिषद् सल्यानले पत्र काटेकाे छ ।

स्थानीय निकाय गठन गरेर जनताकाे अर्थतन्त्र र दैनिकि झन् झन् बर्बादिकाे दिशामा गएकाे भन्दै जनपरिषद्ले राजिनामा दिन दबाब स्वरुप पत्र काटेकाे छ । साेमबार केही नगरपालीका तथा गाउँपालीका प्रमुखकाे कार्यकक्षमै गएर जनपरिषद्ले पत्र बुझाएकाे छ ।

जनता लुट्ने लुटतन्त्रका रुपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेराेजगारी, दिनदिनै बाकसमा अाउने लास, महङगि कालाेबजारी, असमनताले नेपाली समाज अाक्रान्त भएकाे भन्दै   जनपरिषद् सल्यानले राजिनामा मागेकाे छ

 

दशअाेटै स्थानीय तहमा पठाएकाे पत्रमा लेखिएकाे छ- “ तपार्इकाे पालीकामा रहेका जनताका तमाम रिपाेर्ट हामीकहाँ अाउदै गर्दा कर दश गुणा बढाएकाे सत्तामा रहेका प्रतिनिधिहरुले अाफ्नै डाेजर प्रयाेग गर्ने, अाफ्नै अनुकुलताकाे उपभाेक्ता समिति बनाउने, अाफ्नै अनुकुलतामा बजेट विनियाेजित गर्ने, त्यहाँबाट कमिसन खाने, भ्रस्टचार गर्ने, कर्माचारी नियुक्ति गर्दा अाफ्नै नातागाेताका नियुक्ति गर्ने, त्यहाँबाट अार्थिक लाभ उठाउने जस्ता जनिवराेधी काम गरेकाेले यस्ताे निति विधिले जनताकाे बास्तविक विकास निर्माण,  राष्ट्रकाे समृद्विर जनताकाे सेवा नहुने, यस खालकाे जनविराेधी सत्ताले जनताका समस्या हल गर्न नसक्ने भएकाले तपार्इ सत्तामा बसिरहन अाैचित्य देखिदैन्”

त्यस्तै जनपरिषद्ले अाफ्नाे भाषामा दलाल पुजिँवादि सत्तासँग जुनसुकै प्रकारकाे प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितीकाे जिम्मेवार अाफै हुनुपर्ने चेतावनी दिएकाे छ ।

यस्ताे छ जिल्लाकाे पहिलाे नगर शारदा नगरपालीकालार्इ काटेकाे पत्र

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार