• २०७७ मङ्सिर ८ गते सोमवार
  • Preeti To Unicode

गाेपाल किरातीले भने-‘विप्लवको पार्टी एक नम्बरमा पर्छ’


चैत ५, काठमाण्डाैँ ।

पुर्नगठित नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण भेला–सम्मेलन गर्न नदिएर फासिवादको अभ्यासतिर अग्रसर भएको बताएका छन् ।

वर्तमान सरकारले पहिचानवादीहरुलाई परास्त गर्ने र माओवाद खोज्नेहरुलाई तह लगाउने रणनीतिमा लागेको बताए । माओवाद खोज्नेहरुलाई दमन गर्दा नेपाल कम्युनिस्ट पार्टी पहिलो नम्बरमा पर्ने बताए ।

संयोजक किरातीले रातो खबरालाई अन्तरवार्ताः
तपाईंंलाई कम्युनिस्ट आन्दोलनमा कसरी आकर्षित हुनुभयो ?
खोटाङ जिल्ला पेम्मा गाउँमा बस्ने श्रीकृष्ण माध्यमिक विद्यालयको प्रध्यानाध्यापक हरिनारायण राईबाट मलाई माक्र्सवादी विचारप्रति पहिलो प्रेरणा प्राप्त भयो । सोलुखुम्बु जिल्ला सोताङलुङमा जन्मेँ र हुर्कँे । २०३७ सालमा जेठा दाजु प्रहरीमा हुनुहुन्थ्यो । उहाँ झापामा आन्दोलनको बीचमा घाइते हुनभएछ, २०३७ सालमा जेठा दाजु बित्नुभयो । २०३८ सालमा बुबा र आमा २०३९ सालमा बित्नुभएपछि टुहुरा भइयो । हामी एकातिर धेरै गरिब थियौँ, त्यसमाथि गाउँका प्रधानपञ्च बुबा बितिसकेपछि हाम्रा जग्गाबारी खोस्ने काम ग¥यो । पीडित अवस्थामा २०३९ सालमा म काठमाडौँ आएँ । ट्रेकिङ मजदुरीमा लागेँ । सोलुखुम्बुका धेरै मानिस ट्रेकिङ मजदुरीमा थिए ।

त्यही क्रममा हरिनारायण मेरो भिनाजुको संरक्षणमा बस्थेँ । दिदीको जोड थियो कि ब्रिटिस गोर्खा भर्तीमा पठाउने के गरी गरिखाने भाइलाई बनाउने अन्तर्गत र भिनाजु नेकपा चौममा नजिकको बुद्धिजीवी हुनुहुन्थ्यो । त्यहीबीचमा गोर्खा भर्तीमा जान हुँदैन, देश र जनताका लागि क्रान्ति गर्नुपर्छ । २०४० मंसिरमा भिनाजुले प्रेरित गर्नुभयो । त्यो बेला सिम्मा गीति–नाटक धेरै चर्चित नाटक रहेछ । रायनले लेख्नुभएको त्यो गोर्खा भर्तीको तुफान कथा अथवा दर्दनाक कथामा आधारित नाटक रहेछ । भिनाजुको प्रभावबाट देश र जनताका लागि क्रान्ति गर्नुपर्छ भन्नेमा प्रतिबद्ध भएँ । त्यहाँदेखि लाग्दै आउने क्रममा जातीय प्रश्नमा २०४३÷४४ सालतिर मलाई जानकरी भयो ।

२०४५ सालमा राजकाज मुद्दामा १० महिना जेल बसँे, यद्यपि भिनाजु त्यो गाउँको निमाविलाई मावि बनाएपछि उहाँ हेडमास्टर भएर जानुभयो । मलाई संगठित गर्नुभएन । संगठन खोज्नाले मलाई निकै हैरान भयो । स्वतन्त्र वामपन्थी कार्यकर्ता रहँदै आएँ । २०४५÷०४६ सालमा जेल बस्दा चिन्तन–मनन गर्दादेखि यो वर्गीय र जातीय प्रश्न दुबै चाहिन्छ भन्ने निष्कर्षमा पुगेँ र बाहिर आएँ ।

अहिले तपाईं के गर्दै हुनुहुन्छ ?

अहिले हामी नेकपा (माओवादी केन्द्र) पुनर्गठनको अभियानमा छौँ । नेकपा (माओवादी केन्द्र) को रूपमा संविधानसभाबाट संविधानलाई तत्कालीन नेकपा माओवादीले उपलब्धिको रक्षा गर्ने र कमजोरी सच्याउने काममा हामीहरू अघि बढ्ने भनेर डटिरहेकै बेला २०७४ साल असोज १६ गते पेरिस डाँडा केन्द्रीय कार्यालयमा त्यो बेलाको अध्यक्ष प्रचण्डले एमालेसित एकताको सहमतिपत्र प्रस्तुत गर्नुभयो । गठबन्धनमा आपत्ति थिएन, एकतामा पनि आपत्ति थिएन प्रश्न के भने माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त पहिचानको सिद्धान्त एमाले मान्दैन ।

नमान्ने भइसकेपछि एकता नभएर विलय हुन्छ । विलयमा गइँदैन भनेर २०७४ असोज १६ गते बैठकमा मैले विरोध जनाएँ र केन्द्रीय सचिवालय बैठकमा अनौपचारिक बैठकमा त्यस्तोे निर्णयहरू केही लिखित रूपमा गरिएन । विरोध गर्ने एक जना मात्रै भइयो । २०७४ फागुन ७ गते ओली–प्रचण्डको पार्टी एकता संयोजन समिति छ । त्यसले ७ बुँदे सैद्धान्तिक राजनीतिक सहमति ग¥यो र ८ गते हामीले दक्षिणपन्थी–काण्ड भन्यौँ । नेपाली कम्युनिस्ट आन्दोलनको यो दक्षिणपन्थी–काण्ड हो, त्यसमा हाम्रो विचार समूह संलग्न हुँदैन । ११ गते हामीले पनि प्रचण्ड समूह माओवादी केन्द्रमा नरहेको वक्तव्य घोषणा ग¥यौँ । उहाँहरूले छोडेर जाने माओवादी केन्द्र हामी समाल्छौँ अथवा यसैलाई निरन्तरता दिन्छौँ ।

प्रचण्डहरू एमालेमा जाने भनेपछि तपाईंहरूले विरोध गर्नुभयो, किन ?
मार्क्सवाद-लेनिनवाद-माओवाद हाम्रो पथप्रदर्शक सिद्धान्त होे । कार्य्दिशाको सम्बन्धमा बादलहरूसँग एकता गर्दा अध्ययन–अनुसन्धानद्वारा नयाँ कार्य्दिशा निर्माण गर्ने भनिएको थियो । त्यहाँ पुँजीवादी क्रान्ति र समाजवादी क्रान्तिको तयारी भन्नेसम्म लेखिएको थियो । त्यसमाथि पनि मेरो प्रश्न थियो । एकतापछि कार्य्दिशा क्रान्तिकारी दिशा तयार गर्नुपर्नेमा उहाँहरू भाग्नुभयो । अर्को यो पहिचानको मुद्दा नेपाली क्रान्तिको यो एक अभिन्न कार्यभार हो । वर्गप्रधान हुन्छ, माक्र्सवादी दृष्टिकोणमा त्यो एकदम सही हो तर त्यसको अतिरिक्त देशमा समाजमा रहेका सबैखाले अन्याय, उत्पीडनको विरुद्ध लड्नु माक्र्सवादीहरूको कर्तव्य हुन्छ । त्यसअन्तर्गत नेपाली समाजमा ४ किसिमका उत्पीडनहरू विद्यमान छन् । जनयुद्धअघि नेकपा माओवादीको प्रथम राष्ट्रिय सम्मेलनले निर्धारण गरेको नेपाली राजनीतिको अन्तर्विरोध एकदम सही छ ।

वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडन छ, त्यसको अन्त्य गर्न जनयुद्ध भनियो । त्यसको अन्त्य गर्न माओवाद भनियो र त्यसको अन्त्य गर्न माओवाद स्वीकार गर्ने पार्टी भनियो । अहिले उहाँहरूले छोड्नुभएपछि संसद्वादमा उहाँहरूले हामफालेपछि हामीले विरोध गरेका हौँ । भारतको पश्चिम बंगालमा ज्योति बसुले क्रान्तिकारी चारु मजुमदारहरूको रगत पिएर २०-२५ वर्ष जो मुख्यमन्त्री माक्र्सवादको नामबाट चलाएका थिए तर अहिले त्यहाँ माक्र्सवादी भनिनेहरूको बीउसमेत मासिएको छ । ओली–प्रचण्डको अवस्था पनि यो २०-२५ लाग्दैन । यही ५ वर्षमा उहाँहरू ज्योति बसु हुनुहुनृेछ । ओली–प्रचण्डको यो कथित कम्युनिस्ट नामको खोल हो । संसदीय पुँजीवादी राजनीति ४-५ वर्ष ज्योति बसुको तहमा अवसान हुन्छ ।

अब कसरी सोच्नुभएको छ ?
अहिलेसम्म परबाट देखिने ठूलो टाउको अथवा नाम चिनिएकका नेताहरू पुनर्गठनको पक्षमा छैनन् । एमाओवादीमा निर्वाचन भएको थियो । म स्थायी समिति सदस्यमा निर्वा्चित भएपछि माओवादी केन्द्र बनेको आधारमा केन्द्रीय कार्यालय सदस्यमा पनि राखियो, त्यो जिम्मेवारी निर्वाह पनि गरियो । म एकजना छु लोकेन्द्र बिष्टले निकै महिनाअगाडि पार्टी परित्याग गर्नुभएको थियो । अहिले हामी छलफल गरिराखेका छौँ । आहुतीजीले माओवादी केन्द्र परित्याग गर्नुभयो ।

मैले परित्याग नगर्ने त्यो परित्याग प्रचण्डहरूले पो गर्दैछन् भन्ने मेरो व्यख्या रह्यो र आहुतीजी एउटा मिहिनेतसँग एउटा समूह निर्माण गर्न दस्तावेजको तयारीमा हुनुहुन्छ, त्यो ठीक छ । त्यो गर्दा सानो टाउकोवालाहरू मात्रै पुनर्गठन अभियानमा जुटिरहेका छौँ । हामी खुसी नै छौँ । सानो टाउकोलाई नै ठूलो टाउको बनाउन सकिन्छ । अहिले छलफलको निम्ति तयार गरिराखेको ‘राष्ट्रिय समाजवाद’ कार्य्दिशा उपयुक्त हुन्छ भन्ने कुरामा हामीलाई गहिरो विश्वास रहेको छ ।

अहिले तपाईंंहरू भन्दै हुनुहुन्छ– क्रान्तिकारी ध्रुवीकरण आजको आवश्यकता हो, यसबारे यहाँको खास धारणा के हो ?
एकदम ठीक हो । खडक ओली समग्रतामा सम्पूर्ण रूपले कम्युनिस्टको खोल ओढेका प्रतिक्रियावादी मानिस हुन् । उनी २०२८ सालमा झापा विद्रोहमा क्रान्तिकारी भूमिका खेलेका पनि पछि बिग्रँदै आउने क्रममा प्रतिक्रियावादी मानिस हुन् । प्रचण्ड ७ बुँदेपछि वैद्य कमरेडहरू, विप्लव कमरेडहरूले पहिल्यैदेखि प्रचण्ड बेठीक हो, भन्नुभयो । मोहन वैद्यले प्रचण्डलाई चिन्ने र हामीले चिन्नेमा अन्तर परिहाल्ने भयो । २०६० सालमा मात्रै प्रचण्डसँग मेरो सहकार्य भयो । ढिलै भए पनि प्रचण्ड दक्षिणपन्थी अवसरवादीको रूपमा अहिले ठहरिनुभयो । उहाँ प्रचण्ड नरहेर पुष्पकमल दाहाल हुनुभयो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यो खड्क ओलीको मतियार हुनु पुग्नुभयो । यसो गर्दा विप्लवजी नेतृत्वको नेकपाले फासिवादी आरोपित गरेको छ, त्यो म सही ठान्छु । २३ औँ जनयुद्ध दिवस वैद्य र विप्लव पार्टीले आयोजना गर्नुभयो, हामीलाई पनि निम्त्याउनुभयो । एकै ठाउँमा उभिएर हामीले जनयुद्ध दिवस स्मरण गर्‍यौँ, चर्चा गर्‍यौँ । त्यो दिन हेमन्तप्रकाश ओलीसँगै उभिएर मन्तव्य पनि दियौँ । त्यस्तो पक्रने काम भएन किन भने खडक ओली प्रम भइसकेका थिएनन् । फागुन ६ गते विराटनगरमा युवाको सम्मेलनलाई दमन गर्ने काम भयो । हेमन्तजीहरूलाई गिरफ्तार गरियो । हामीले विरोध जनायौँ । यो खड्क ओली र प्रचण्डको संकट हो भनेर पनि हामीले भन्यौँ । स्वाभाविक रूपमा माओवाद मान्नेहरूको बीचमा एउटा क्रान्तिकारीहरूको खेमा निर्माण गर्नुपर्छ । स्वाभाविक र अनिवार्य रूपमा पार्टीगत एकतामा समय लाग्छ । मोहन वैद्य, विप्लव कमरेडहरूसँग आहुतिजी दस्तावेजको तयारी गर्दै हुनुहुन्छ, त्यो पढेर मात्र बुझ्न सकिने कुरा भयो ।

मार्क्सवाद-लेनिनवाद-माओवाद मान्दै नेपाली क्रान्तिको पथप्रदर्शक सिद्धान्त स्वीकार गर्नेहरूका बीचमा पार्टी एकताको लक्ष्य राखेर न्यूनतम रूपमा कार्यगत एकता र अधिकतम रूपमा तत्काल परिस्थितिको रूपमा संयुक्त मोर्चा निर्माण गर्नुपर्छ । हामी क्रान्तिकारी खेमा निर्माण गरेर अघि बढ्नुपर्छ । विप्लवजीहरू डटेर एउटा पार्टी निर्माण गरेर क्रान्ति गर्नुपर्छ भनेर लागिरहनुभएको छ । उहाँलाई पनि मानौँ न संविधान भनौँ भनेर मैले सिकाउन लायक हुँदैन, उहाँहरूले पनि यो संविधान मान मान साइँला भनिहाल्यो भने त्यो मान्न सक्ने कुरा भएन । हाम्रोबीचमा सम्बन्धमा ध्रुवीकरण तर कार्यगत एकता संयुक्त मोर्चाको रूपमा हुन्छ ।

अहिले वाम गठबन्धनको सरकारले नेकपाका नेता–कार्यर्तालाई गिरफ्तार गर्ने झुट्टा मुद्दा लगाउने र शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिइरहेको छैन, यसलाई कसरी हेर्नुभएको छ ?

फासिवाद भनेको नारा साह्रै राम्रो दिने लोकप्रिय नारा दिने नाराभित्रबाट दमन गर्ने, आतंक मच्चाउने राज्यको चरित्र हुन्छ, यसलाई फासिवाद भन्ने गरिएको छ । यहाँ त फासिवादी रवैया भइहाल्ने भयो । हामी क्रान्तिकारी, माक्र्सवादी जो द्वन्द्ववादको दर्शन अख्तियार गर्दछौँ, खुसी पनि हुनुपर्छ किनभने दमनले प्रतिरोध निम्त्याउँछ, प्रतिरोधले विष्फोट निम्त्याउँछ भने एउटा फौजी विज्ञानमा भनाइ छ । अब शान्तिपूर्ण भेला सम्मेलन पनि गर्न नपाउने हो भने खोजेको के हो, जनताले प्रश्न गर्नुपर्छ । एमालेको एउटा बुद्धिजीवीको चर्चा छ, संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीलाई सरकारमा ल्याइहाल्ने । भारतको निर्देशन नै त्यही हो भन्ने सञ्चार जगत्मा चर्चा पाइन्छ ।

प्रम हुनुअगाडि नै भारतीय विदेशमन्त्री डौडेर नेपाल आएर खड्क ओलीहरूलाई त्यो भनेको, फोरम र राष्ट्रिय जनता पार्टी तिमीहरू जसरी नै भए पनि जाऊ भनेको चर्चा पनि सुनिन्छन् । अहिलेसम्मको भारतको नेपालमाथि गलत रवैया कायम छ । छिमेकीलाई उत्पीडन गर्ने रवैया नफेरेको अवस्थामा सञ्चार–माध्यममा आएका कुराहरू सही नै हुन् । पहिचान खोज्नेहरूलाई समाप्त पार्दिने र त्यसपछि माओवाद खोज्नेहरूलाई तह लगाउन खोज्ने को–को हुन् ? माओवादी खोज्नेहरूलाई दमन गर्दाखेरि विप्लव नेतृत्वको नेकपा १ नं. पर्ने भइहाल्यो ।

अन्तमा
मैले २०५० देखि एउटा कुरा नेपाली इतिहासको विशेषता सम्बन्धमा भन्दै आएको छु, त्यो बेला ‘नेपालमा राज्यक्रान्ति’ शीर्षकमा एउटा सानो पुस्तिका प्रकाशित भएको थियोे । ती हरेक १०÷१० वर्षमा नेपाल राष्ट्रिय घटनाहरू हुने गरेका छन् । क्रान्ति या प्रतिक्रान्तिको रूपमा सन् १९९७ मा ४ जना त्यो बेलाका नेताहरू सहिद हुनुभयो । त्यो नेपाली राजनीतिमा एउटा ठूलो घटना थियो । त्यसको १० वर्षपछि २००७ राणा शासन ढल्योे, संसदीय प्रजातन्त्र आयो । त्यसको १० वर्षपछि २०१७ मा त्यो प्रजातन्त्र गयो, राजाको पञ्चायती व्यवस्था आयोे । त्यसको करिब १० वर्षपछि २०२८ मा झापा विद्रोह भयो, त्यसले त्यो बेलाको संसद्‍मा प्रहार गर्‍यो । त्यसको १० वर्षपछि २०३६ र०३७ मा विद्यार्थी आन्दोलन निर्दल कि बहुदल भन्ने राष्ट्रिय जनमत–संग्रह भयो । त्यसको १० वर्षपछि २०४६ मा निर्दलीय व्यवस्था गएर संसदीय बहुदलीय व्यवस्था आयो । २०५२ मा नेकपा (माओवादी) ले जनयुद्ध उद्घोष गर्‍यो ।

२०५२ सालले नेपाली राजनीति इतिहासलाई मोड दिएपछि २०५६र०५७ हुनुपर्नेथ्यो, यद्यपि २०५८ सालमा दरबार हत्याकाण्ड भयो तर १९९७ को निरन्तरताको उपज मात्र थिएन, त्यो २०५२ सालको उपज थियो । मुख्य त २०५२ सालको १० वर्षपछि २०६२र०६३ मा ठूलो जनआन्दोलन भयो । नेपाली जनताको राष्ट्रियता, जनावाद, जनजीविका, सामाजिक न्यायसहितको समृद्धिको आकाङ्क्षा पूरा भएको छैन । यी संसद्वादीहरूले पूरा गर्ने कुरै भएन । त्यस अर्थमा हामीले सडकबाट विभिन्न क्षेत्रबाट निर्णायक संघर्षको तयारी गर्नुपर्छ ।

अन्तमा, कमरेड मोहन वैद्य, कमरेड विप्लवसँग नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानको तर्फबाट अपील गर्न चाहन्छु कि हामी विभाजित भयौँ, त्यसपछि हेटौँडा एमाओवादीको महाधिवेशन भयो । त्यसले पुँजीवादी क्रान्तिको आधारभूत कार्यभार पूरा भएको बाँकी कार्यभार पूरा गर्दै समाजवादको रणनीतिमा अघि बढ्ने भयौँ । त्यहाँ मेरो केही प्रश्नहरू थियो तर मैले त्यो बेला प्रचण्डद्वारा प्रस्तुत कार्य्दिशालाई समर्थन गरे किनभने जनयुद्ध र संविधानसभा लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपाली राजनीतिमासन् १९१७ को रुसको फेब्रुअरी क्रान्तिसरह भयो ।

पुँजीवादी क्रान्ति भयो । अब अक्टुबर समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने बुझाइलाई समर्थन गरे, त्यो सही लाग्छ । अब कमरेड वैद्य, विप्लव पार्टीका कमरेडहरूलाई लाग्न सक्छ कि नेपालमा के भयो ? विप्लव कमरेडहरूले यो संविधान र संसदीय व्यवस्थाको खारेजीको जो नीति लिनुभएको छ, यो विप्लवजीको नेतृत्वमा संयुक्त मोर्चा बनाऔँ, माओवाद मान्ने क्रान्तिकारीहरू र पहिचान पक्षधरहरूका बीचमा एउटा संयुक्त बनाऔँ । यो काममा पार लगाउने विप्लवजी नै देखिनुहुन्छ । यो मुद्दा–मामिलामा खारेजीको निम्ति यसलाई भनौँ । खड्क ओलीले एउटा भाषणमा वार्तामा आउनुपर्‍यो भने, वास्तवमा त्यो दमनको तयारी हो । यो फासिवादी षड्यन्त्र भनेर बुझिहाल्ने कुरा भइहाल्यो । ओली–प्रचण्डका सबै कुरा मान्न सकिन्न । चार पाँच वर्ष तयारी गरौँ । संयुक्त मोर्चा निर्माण गरौँ

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार