• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा स्थानियले गरे गाउँपालिकालार्इ झण्डै ५ रोपनी जग्गा दान


चैत ५, सल्यान ।
सल्यानको कुमाख गाउँपालिकाको केन्द्रमा रहेका स्थानियले गाउपालिकाको कार्यालयको लागि जग्गा प्रदान गरेका छन । उनिहरुले ४ रोपनी ५ आना जग्गा गाउपालिकालाई प्रदान गरेका हुन ।

 कुमाख गाउपालिका ३ मा रहेको इच्छुखोला देखि नाउली खोलाका जग्गा धनीहरुले गाउपालिकालाई निशुल्क जग्गा दान गरेको गाउपालिका अध्यक्ष दिलमाया बुढाले जानकारी दिइकी छन । रागेचौर र त्रिवेणीको विचमा केन्द्र राख्ने मन्त्रीपरिषदको निर्णय अनुसार जग्गा दान गर्न नाम टिपाएका मध्ये ४ जनाले आज जिल्ला मालपोत कार्यालयमा निःशुल्क जग्गा प्रदान गरेका हुन ।

कुमाख ३ का टिका नाथ योगीले २ रोपनी १ आना, टेकनाथ योगीले १ रोपनी, प्रेम बहादुरर भारतीले १ रोपनी र सिता भडेल भारतीले ४ आना गाउपालिकाको नाममा पास गरिदिएका हुन ।
जग्गा प्रदान गरिसकेपछि खुशी हुदै टिकानाथ भन्छन– “गाउमा विकास हुने सेवा सुविधा जनताले पाउने भएपछि राजीखुशीका साथ जग्गा प्रदान गरेका हौ ।”

फेरी केहि दिनपछि ५ रोपनी जग्गा पनि स्थानियले गाउपालिकाको लागि निःशुल्क प्रदान गरिदिने गाउपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार