• २०८० मङ्सिर १५ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा ४ हजार ७ सय ६३ विद्यार्थीले एसईई परिक्षा दिदै 


सरिता चलाउने
चैत ५, सल्यान ।

आगामी चैत्र ८ गतेवाट संचालन हुुने यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई परिक्षामा सल्यानन बाट ४ हजार ७ सय ६३ जना विद्यार्थीले सहभागी हुने भएका छन् । जिल्लाभरी तोकिएका २३ वटा परिक्षा केन्द्रमा नियमित तर्फ बाट ४ हजार ५ सय ३७ र एक्जामटेड तर्फ बाट २ सय २६ जना गरेर ४ हजार ७ सय ६३ जना विद्यार्थीले परिक्षामा सहभागी हुने जिल्ला शिक्षा कार्यलय सल्यानले जानकारी दिएको छ ।

कार्यलयका अनुसार नियमित तर्फका ४ हजार ५ सय ३७ जना परिक्षार्थीले २२ वटा परिक्षा केन्द्रमा परिक्षा दिईने भएका छन भने जिल्ला भरीका २ सय २६ जना एक्जाम्टेड तर्फका परिक्षार्थीले परिक्षा केन्द्र श्री त्रिभुवन जनता माध्यामीक विद्यालय भोटेचौरमा परिक्षा दिईने व्यवस्था मिलाइएको छ । ७८ वटा विद्यालयहरु सहभागी हुने यस परिक्षामा सबै भन्दा बढि शिबजन माबि सितलपाटी केन्द्रमा ३ सय ३७ र भानुभक्त माबि दमाचौरमा सबै भन्दा थोरै १ सय ३९ जना परिक्षार्थी रहेका छन ।

विद्यालयगत रुपमा लङग्रिन ईवो सल्ली बजार तथा र्बाेड फ्यूचर एकेडेमी त्रिबेणीमा ११/११ जना र सरस्वती उमावि शिवरथ बाट २ सय ४ जना परिक्षार्थी परिक्षामा सहभागी जिल्ला शिक्षा अधिकारी देबि प्रसाद सुबेदीले बताए  । उनका अनुसार प्राबिधिक धारको परिक्षा भने चैत्र २० गते सम्म सञ्चालन हुनेछ । प्राबिधिक धार तर्फ २ वटा विद्यालयका ९४ जना र खुल्ला विद्यालय बाट २९ जना परिक्षार्थी परिक्षामा सहभागी हुने भएका छन । यो बर्ष कक्षा १० को पाठ्यक्रम परिबर्तन भएकोले एक्जाम्टेड तर्फका पुरानै पाठ्यक्रम अनुसार नै प्रश्नपत्र हुनेछन ।

परिक्षाको लागी आवश्यक पर्ने प्रश्न प्रत्र, उत्तर पुस्तिका गोप्य सामाग्रीहरु जिल्लामा २३ वटै केन्द्रमा पु¥याई सकिएको र केन्द्राध्यक्षलाई नियुक्त तथा अभिमुखिकरण समेत गराईएको सुबेदीले बताए ।   यसैबीच यस बर्षको एसईई परिक्षालाई शान्तिपुर्ण, मर्यादित रुपमा सम्पन्न गर्न जिल्लामा नयाँ कार्यको थालनी गरिएको छ । बिद्याथीहरुलाई मनोबैज्ञानिक रुपमा सुरक्षित जानेका कुरा लेख्न सक्ने बातावरणका सृजना गर्नको लागी महिला केन्द्राध्यक्षहरुलाई छनौट गरिएको छ भने हरेक परिक्षा केन्द्रमा कडाईका साथ निरक्षकलाई निरक्षकहरुको भुमिका निर्बाह गर्न केन्द्राध्यक्षलाई निर्देशन समेत दिईएको जिल्ला शिक्षा अधिकारी सुबेदीले बताए ।

यस्तै परिक्षा लाई मर्यादित तुल्याउन माध्यामीक शिक्षा परिक्षा सान्वय समिती सल्यानले परिक्षा केन्द्रहरुमा सुरक्षा ब्यवस्थाको प्रबन्ध मिलाईएको छ । पहिल्यका बर्षहरुमा भन्दा यस बर्ष एसई परिक्षालाई शान्तिपुर्ण, मर्यादित गराउनको लागी राजनीतिक दल, अभिभावक, शिक्षक, नागरीक समाज, सुरक्षाकर्मि, पत्रकार लगाय जिल्लाका सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार