चैत ५, बुटवल ।
नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्।
पटक पटकका बैठकले सहमति जुटाउन नसकेपछि सोमबार दिउँसो मतदानका लागि तयारी गरिएको भए पनि अन्तिम समयमा शर्मा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापाले जानकारी दिए। ७९ वर्षीय पोखरेलले यसअघि प्रदेशसभामा ज्येष्ठ सदस्यको रूपमा भूमिका निर्वाह गरेका थिए।
सोमबार दिउँसो साढे २ बजेसम्मका लागि मनोनयन फिर्ताको समय तोकिएकामा अन्य चार जना आकांक्षीले मनोनयन फिर्ता गरेका थिए।
संसदीय दलको नेता बन्नका लागि रूपन्देहीका बलदेव शर्मासहित फकरुद्दिन खाँ, कपिलवस्तुका वीरेन्द्रकुमार कनौडिया, पाल्पाका वीरबहादुर राना र दाङका डिल्ली चौधरीले फागुन ६ गते नै मनोनयन दर्ता गराएका थिए। प्रदेश ५ मा कांग्रेसका १९ सांसद् छन्।