• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

सभामुख महरा दाङ अाउदै, यस्तो छ कार्यक्रम ?


चैत ५, दाङ ।

सभामुख कृष्णबहादुर महरा भोली मंगलवार दाङ आउने भएका छन् । दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य जितेका महरा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्लामा आउन लागेका हुन् ।

दाङ आएपछि सभामुख महराले तुलसीपुर र घोराहीका विभिन्न कार्यक्रममा सहभागिता जनाउने भएका छन् । मंगलबार बिहान ११ बजे घोराही आइपुग्ने महराले दिउसो ३ बजे घोराही उपमहानगरपालिकाले गर्ने स्वागत तथा सम्मान कार्यक्रममा सभागिता जनाउनेछन भने त्यसपछि नेपाल पत्रकार महासंघ दाङ तथा दाङ जिल्ला उद्योग बाणिज्य संघले गर्ने छुट्टा छुट्टै कार्यक्रममा महरा सहभागी हुने छन् ।

त्यस्तै बुधबार सभामुख महरा तुलसीपुरमा आयोजना गरेको अन्तराष्ट्रिय रंगभेद बिरुद्धको दिवसको कार्यक्रममा सहभागी हुनेछन । भने बिहिबार केहि मतदाताहरु लाई अनौपचारिक रुपमा भेटेर सभामुख महरा पुनः राजधानी फर्किने छन् । इन्द्रेनी अनलाइनबाट

प्रकाशित मिति : २०७४ चैत्र ५ गते सोमवार