• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

मध्यराति नेकपा केन्द्रीय सदस्यसहित ३ जिल्लाका इन्चार्ज-सेक्रेटरी एकैसाथ गिरफ्तार


चैत ६, काठमाडौँ।

नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यसहित ६ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

नेकपाले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्जसहित संखुवासभा, धनकुटा र तेह्रथुम जिल्लाका इन्चार्ज सेक्रेटरीलाई प्रहरीले एकै ठाउँबाट गिरफ्तार गरेको छ ।

सोमबार साँझ धनकुटाको हिलेबाट उनीहरुलाई गिरफ्तार गरेको नेकपाका पोलिट्ब्यूरो सदस्य पदम राईले जानकारी दिएका छन् । राईका अनुसार कोशी ब्यूरो इन्चार्ज निशान राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी तह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बुलाई पार्टीको कामको सिलसिलामा राति १० बजेतिर गिरफ्तार गरेको हो । सामान्य भेटघाटको क्रममा रहेका नेताहरुलाई एकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेता राईले प्रहरी प्रशासनको यस्तो धरपकडप्रति अापत्ति जनाउँदै रिहाईको माग गरेका छन् ।

काभ्रेको अनेकोट हत्याकाण्डको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवशको कार्यक्रम सम्पन्न गरी सामान्य छलफल पछि बेलुकाको खाना खाँदै गरेको अवस्थामा उनीहरुलाई विना कारण गिरफ्तार गरेको नेकापले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ६ गते मङ्गलवार