• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

सल्यानः आगलागी पिडितहरुका लागी राहत सङकलन सुरु, सहयोगका लागी अनुराेध


सरिता चलाउने
चैत ७, सल्यान ।
सल्यानकाे बाङ्गेलाखुरीमा ठुलो क्षति हुने गरि भएको आगलागी पिडितहरुका लागी राहत सङकलन गर्न सुरु गरिएको छ ।

बागचौर नगरपालीका ५ बाङ्गेलाखुरीमा गत शनिबार भएको आगलागी पिडितहरुको लागी राहात सङकलन गर्न सुरु गरिएको हो । राहत सङकलन समितीले मंगलबार बिहान सदरमुकाम खलङगामा पत्रकार सम्मेलन गरि मंगलबार बाटै राहत सङकलन सुरु गरिएको जानकारी गराएको छ ।

राहात संकलन समितीका संयोजक तुलसिराम घर्ति जनकले आगलागी पिडितहरुको लागी केही दिन राहात संकलन गरेर पिडितलाई बितरण गरिने बताए । आगलागी पिडितको सहयोगका लागी सल्यानको थारमारेमा रहेको मुक्तिनाथ बिकास बैँक लिमिटेडमा राहात संकलन समितीको खाता नमबर १४३२०१००२४४९१४०००००१ मा जम्मा गरिदिनुहुन आग्रह गरिएको छ ।

शनिबार दिउँसो आगलागी हुदाँ बाङ्गेलाखुरीमा ८ वटा पसल, १ वटा भान्साघर जलेर नष्ट भएको थियो भने ३ वटा मोटरसाइकल जलेका थिए । आगलागी बाट २ करोड ५२ लाख बराबरको क्षति भएको छ । आगलागी पिडितहरुका घरपरिवार लाई बागचौर नगरपालीका सल्यान नेपाल रेडक्रस सोसाईटि सल्यानले राहात सामाग्री बितरण गरिसकेको छ ।

यस्तै सल्यान उधोग बाणिज्य सँघ सल्यानले उधोग बाणिज्य सँघमा दर्ता भएकाहरुलाई ७ हजार पाँच सयका दरले राहात सामाग्री बितरण गरेको छ । आगलागी बाट स्थानिय ब्यबसायी खुम बहादुर दमाई, ईन्द्र बहादुर कामी थापा, गोबिन्द बुढाथोकी, गोबिन्द देबकोटा, अनुरुप केसी, राम बहादुर सुनार, जंग बहादुर चन्द, रिता बुढाथोकी र थल बहादुर बस्नेतले सञ्चालन गर्दै आएका बिभिन्न पसलहरुका आगलागी भएको थियो । आगलागी बाट रतिभान बहादुर सुनार, जंग बहादुर चन्द र प्रकास बिकका एक एक वटा मोटर साईकल समेत जलेको थिए ।

आगोलागी के कारणले भयो भनेर अझै खुल्न सकेको छैन ।

त्यस्तै घटना बारे छानबिन गर्न उप-प्रमुख कल्पना पुनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई ७ गते भित्र प्रतिवेदन बुझाइसक्नुपर्ने समय सीमा दिएको छ । आगलागी पिडितहरुको लागी गाउँपालीका, नगरपालीका,सरकारी कार्यालय, बिभन्न सँग सस्था र बजार बासिलाई आ आफनो ठाउँ बाट सक्दो सहयोग गरिदिन राहात संकलन समितीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार