चैत ७, काठमाडौँ ।
नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेपालमा फेरि युद्ध हुने बताएका छन् ।
मंगलबार एकाबिहानै पार्टीको प्रदेश नं १ र २ का कार्यकर्तालाई प्रशिक्षण दिँन मधेस झरेका संयोजक भट्टराई लहान अायोजित पत्रकार सम्मेलनमा बोल्दै संविधान संशोधन नभए मुलुकमा द्वन्द्वको बीउ रोपिने र फेरि युद्ध हुने बताएका हुन् । उनले संविधान संशोधन गरेर मधेसी जनताका माग पूरा गर्नुपर्ने बताए । उनले संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले बताउँदै त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
संयोजक भट्टराईले मधेशी दलका नेताप्रति गम्भीर अारोप लगाए । उनले मधेसी नेताहरुले अवसरवादी प्रवृत्ति देखिएको बताउँदै संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न समेत सुझाव दिए ।