चैत ७, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।र, प्रदेशका मुख्यमन्त्री र उच्च अधिकारीहरु पनि काठमाडौं आइपुगेका छन् ।
प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीसँग आज छलफल गर्न आज काठमाडौं बोलाएका हुन् । आज ११ बजे छलफलका लागि तयारी गरिएको छ ।
प्रदेश सरकारका प्रतिनिधिहरुले सरकार सञ्चालनमा समस्या भएको गुनासो गर्न थालेपछि प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग सामूहिकरुपमा प्रदेश सञ्चालनमा उत्पन्न समस्या, पूर्वाधार विकासको अवस्था, बनाउनुपर्ने कानूनलगायत विषयमा छलफल गर्ने बताइएको छ ।