• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

मेयर ममताप्रसादको बयानः आक्रमण गर्ने नेकपाका कार्यकर्ता होइनन्, प्रहरीले यस्ताे गर्यो ?


चैत ७, कैलाली ।

घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले अस्तालबाट घटनाबारे पहिलो बोलेका छन् । उनले आक्रमणकारीलाई आफूले नचिनेको तर प्रहरीले किर्ते किटानी जाहेरी गरेको बताएका छन् ।

मेयर चौधरीले नामै नलिएर नेकपाका कार्यकर्ता घटनामा संलग्न नभएको भन्ने आशय व्यक्त गरेका छन् । उनले सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरेले आफ्नी श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गरेर किर्ते किटानी जाहेरी गरेको बताएका छन् । उनले आफूमाथि आक्रमण हुँदा श्रीमती भान्सा कोठाभित्र चुकुल लगाएको अवस्थामा भएको भन्दै आक्रमणकारीको अनुहार समेत नदेखेको बताउँदै अाक्रमणको बहानामा निर्दोषमाथि धरपकड हुन ठिक नभएको बताए । प्रहरीले निर्दोषलाई समातेर बास्तविक दोषीको खोजी नगरेको मेयर चौधरीले बताएका छन् ।

पत्रकार लक्की चौधरीले गरेको कुराकानीमा मेयर ममताप्रसादले भने, “घटना २८ गते भयो । ३० गते मेरी श्रीमतीलाई प्रहरी कार्यालयमा बोलाएर किटानी जाहेरी दिन लगाए । घटनामा संलग्नलाई श्रीमतीले चिन्दिनन् । उनले त अनुहार पनि देख्न पाइनन् । आवाजमात्र सुनेकी थिइन् ।

भान्साकोठामा चुकुल लगाएर आक्रमणकारीले उनलाई बन्द गरिदिएका थिए । मैले पनि आक्रमणकारीलाई चिन्दिनँ । प्रहरी कार्यालयमा श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गराउने कामभयो । प्रहरीले आफ्नो किर्ते किटानी जाहेरी बनायो ।”

ममताप्रसादले प्रहरीले १३ जनाको नाममा किटानी जाहेरी गरेको आफूले सुनेको बताउँदै आफ्नो श्रीमतीलाई फसाएर प्रहरीले दर्ता गरेको दाबी गरे उनले आफूले पक्राउ गराएको भन्ने आरोप आउन सक्ने भन्दै पक्राउ गराउनेमा आफ्नो कुनै हात नभएको बताए ।

मेयर चौधरीले प्रहरीले आफ्नो दुश्मनी भएको व्यक्तिलाई मनोमानी जाहेरी गरेको आरोप समेत लगाएका छन् । अगाडि भन्छन्, “आफ्नो दुश्मनी भएकोमाथि प्रहरीले मनोमानी जोहेरी ग¥यो । उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा लगायो । त्यसले दुश्मनी हाम्रो देखियो ।

भोलि उनीहरु हामीलाई दोस देलान् । ‘किटानी जाहेरी दिएर पक्राउ गरायो’ आरोप लगाउलान् । जोकि हामीले तिनीहरुलाई चिन्दैनौं र ‘पक्राउ गर’ भनेर सुरक्षाकर्मीलाई भनेका छैनौं ।” उनले आफूले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई समेत आक्रमण गर्नेलाई आफूले नचिनेको कारण कसैलाई दोष दिन नसकिने बताउँदै सुरक्षाकर्मीले खेल्न खोजेको जस्तो आफूलाई अभास भएको बताए ।

कुराकानीको क्रममा मेयर चौधरीले प्रहरीले निर्दोसलाई पक्राउ गरेर दोषीलाई खोज्न छोडेको बताए । “सुरक्षाकर्मीले खेल्न खोजिरहेकोजस्तो आभास भएको छ । वास्तविक दोसीलाई खोज्न छाडेर निर्दोलाई धरपकड गर्नु ठीक होइन । मैले यो कुरा नेताहरुलाई पनि भनेको छुँ । भोलि फर्केर गएपछि त्यहाँ पनि भनुँला । वकिलले वयान लिएमा त्यहाँ पनि बयान दिउँला । आक्रमणमा संलग्नको नाममा निर्दोसले सजाय पाउनु हुन्न” उनले भने ।

यस्तो घटनाबारे बयनः
घोडाघोडी नगरपालिका –१, सुख्खडबजारमा हो मेरो घर । २०७४ फागुन २८ गते सोमबार दिनभरको काम सकाएर घरमा बसेको थिएँ । केही कार्यकर्तासँगको भेटघाटपछि आराम गरिरहेको थिएँ । श्रीमती निर्जना चौधरी भातभन्साकालागि भान्सा कोठामा थिइन् । साँझको करिब ८ बजेर १० मिनेट गएको थियो । मेरो निजी ड्राइभर केशव हमाल घरभित्र छिरे । ‘कोही मानिस भेट्न चाहेका छन्’ खबर ल्याए । ‘हुन्छ भित्र पठाउ’ भनेर भनें । ‘कोही आफन्त वा कार्यकर्ता होलान्’ लाग्यो । दिनहुँजसो भेटघाट त भइरहेकै थियो । बेडरुमबाट बैठक कोठा (वरण्डा) मा आएँ । त्यहाँ खटिया राखिएको थियो । छ जनाको समूह रहेछ । सबै अपरिचित मानिस थिए । करिब २० वर्षदेखि ३५ वर्ष उमेरसमूहका हुँदा हुन् ।

उनीहरु छजना, म एक्लो थिएँ । सकेसम्म प्रतिकार गरें । टाउकोमा खुकुरी बजारे । रक्ताम्य भएँ । सकेसम्म टाउको बचाउनतिर ध्यान दिएँ । हातले टाउको बचाउँदा धेरै ठाउँमा खुकुरीले काटियो ।
कसैको अनुहार ठम्याउन नसकेपछि ‘के काम थियो होला ?’ सोधें । उता, ड्राइभरलाई धम्क्याइसकेका रहेछन् । उनीसँग रहेको मोबाइलसेट कब्जा लिएका रहेछन् । भित्र छिरेपछि वरण्डाको बत्ती अफ गरे । मलाई शंका लाग्यो । एउटाले सोध्यो, ‘तैं होस् मेयर ?’ मैले ‘हो’ भनें । अर्कोले मुड्की बजारी हाल्यो । ‘ए किन हानेको ?’ के भनेको थिएँ, चारैतिरबाट आक्रमण गरिहाले । पहिले मुड्कीले हाने । पछि दुईजनाले समाते । अरुले खुकुरी निकालेर छप्काउन लागे । कराएँ । हारगुहार गरें । श्रीमतीलाई भान्सा कोठामा बाहिरबाट चुकुल लगाइदिएका रहेछन् । उनी भान्साकोठाबाट कराउन थालिन् । मलाई अन्धाधुन्ध हान्न थाले । उनीहरु छजना, म एक्लो थिएँ । सकेसम्म प्रतिकार गरें । टाउकोमा खुकुरी बजारे । रक्ताम्य भएँ । सकेसम्म टाउको बचाउनतिर ध्यान दिएँ । हातले टाउको बचाउँदा धेरै ठाउँमा खुकुरीले काटियो । शरीर रगतैरगतले भिज्यो । हारगुहार माग्दै घरबाहिर निस्कन खोजिरहें ।

मेरो आवाज सुनेपछि छिमेकी आए । छिमेकीलाई देखेपछि आक्रमणकारी डराएजस्तो भए । अन्तिममा जानेबेला कोखामा पेष्टोल तेस्र्याए । प्रतिकार गर्नेक्रममा घरि उफ्रिने घरि बस्ने भइरहेको थियो । कोखामा तेस्र्याएको पेष्टोल चल्दा उफ्रेकोबेला परेछ । कम्मरमुनी गोली लाग्यो । त्यसपछि म ढलें । खुट्टामा बल लागेन । बचाउ बचाउ ! मात्र भनिरहें । उनीहरु पेष्तोल पड्काएर भागे । धन्न ! गोलीले पेट छेड्न पाएन । कम्मरको तलतल गएर जांघ्रामा गोली अड्केको छ । भगवान दाहिना भए । मेरो भाग्यले बचायो । यी सबै काम पाँचदेखि छ मिनेटको बीचमा भयो ।

छिमेकीले आक्रमणकारीलाई पक्रन खोजेका रहेछन् । बन्दूक देखाउँदै भागे । कसैलाई पक्रन सकिएन । मलाई ढलेको देखेपछि छिमेकीले नजिकको घोडाघोडी अस्पताल पु¥याए । त्यहाँ चिकित्सकले टाउकोमा खुकुरीको घाउमा टाँका र पट्टि लगाइदिए । गोली लागेको घाउ चेक गरे । रगत धेरै बगिसकेको थियो । ‘गम्भीर अवस्था छ’ भन्दै सामान्य उपचारपछि मलाई तुरुन्त कोहलपुरकालागि रिफर गरेछन् । मलाई केही घण्टामा राती नै कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पु¥याएछन् । रातभरी त्यहाँ उपचार भएपछि अर्कोदिन थप उपचारकालागि काठमाडौं ल्याए । शिक्षण अस्पतालमा उपचारपछि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । शौचालयसम्म आफै हिड्ने भएको छुँ । अनलाइन डबलीबाट

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार