• २०७७ कार्तिक ७ गते शुक्रवार
  • Preeti To Unicode

कुखुरा चोरेर खाएपछि कालिकोटका जनप्रतिनिधिको अर्को खत्रा काण्ड


चैत ७, कालिकोट ।

जनप्रतिनिधिहरुले नै स्थानीयका खोरबाट कुखुरा चोरेर खाएको घटना सेलाउन नपाउँदै कालिकोटमा जनप्रतिनिधिको अर्को काण्डको खुलासा भएको छ । अहिलेको काण्ड भनेको विकासको लागि गएको बजेटको हिनामिनाको हो । पहिलो वर्षमै करोडभन्दा बढी रकमको हिनामिना भएको बताइएको छ ।

यसअघि कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका-९ का वडाध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीमाथि कुखुरा चोरीको आरोप लागेको थियो । फागुन ६ गते राति स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी गरी काटेर मासु खाएको भन्दै स्थानीयले राजिनामा मागेका थिए ।

स्थानीयले प्रेस विज्ञप्ति नै निकालेर ‘जनताको जिउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरूले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’वडाध्यक्ष केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएको दाबी गरेका छन् ।
यी दुबै काण्ड नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुका हुन् ।

यस्तो छ दोस्रो काण्ड
कालिकोटको महावै गाउँपालिकाका अध्यक्ष नन्दबहादु सिंह र उपप्रमुख मोहनराज शाहीले गाउँपालीकाको रकमलाई मनोमानी रुपमा बाडेर करोडभन्दा बढी रकम हिनामिना गरेका हुन् । ‘गाउँगाउँ सिंहदरवार’ भन्दै नेपाली काँग्रेसबाट चुनाव जितेका सिंह र शाहीले संस्थागत रुपमा भ्रष्टाचार गरेको भेटिएको छ ।

सार्वजानिक खरिद ऐनअनुसार कुनैपनि सूचना प्रकाशन गरेर काम गर्नुपर्ने हुन्छ तर यो गाउँपालिकामा त्यो भएको छैन । बिल भरपाई विना नै अध्यक्ष सिंहले ५० लाख रकम आफू खर्च गरेका छन् । अध्यक्षले अध्यक्ष भ्रष्टाचार गरेको भन्दै वडा नम्बर ६ का अध्यक्षको संयोजकत्वमा छानविन समिति समेत बनेको थियो ।

अध्यक्ष र उपप्रमुखको मिलेमतोमा गाउँकार्यपालिका र गाउँसभाले निर्णय विनै कन्सल्टेन्टको लागि भन्दै १० लाख, डाँफे आप्र नकु मावि, डिल्लीकोट लेखगेला घोरेटो बाटोलगायतका योजनामा विना बिल भरपाईमै १ करोड रकम खर्च गरेको पाइएको छ । त्यस्तै लक्षित वर्ग, महिला, दलित, किसान र बालबालकाहरुलाई रकम विनियोजन भने बजेट विनियोजन गरिएको छैन ।

गाउँसभाले ४० लाख भ्रमण खर्च भनेर छुट्टाएपनि नियम विपरिप आफ्नो भाग भन्दै ४० लाख वितरण गरिएको पाइएको छ । गाउँपालिकाको कार्यसमितिले करारमा कर्मचारी नियुक्त गर्दापनि ऐन २०७४ नियमअनुसार नभई आचारसंगिता लागुभएकै बेलामा पनि कर्मचारीलाई नियुक्ति गरेको छ ।

त्यसैगरी बिरामी उपचारका लागि औषधि खरिद स्वास्थ्य कार्यालयले गर्नुपर्ने भएपनि गाउँपालिकाका जनप्रतिनिधिले सरकारबाट निःशूल्क उपलब्ध हुने औषधिको खरिद बिल बनाई रकम हिनामिना गरिएको छ । केही महिना अगाडि मात्र पान्तडीदेखि हिमढुङ्गा हँुदै कुनिसम्मको बाटोमा निमार्ण गर्ने क्रममा १३ लाख अनियमितता भएको स्थानीयले बताउँदै आएका थिए । सोही विषयको छानविन गर्न स्थानीय राजेन्द्र थापाको संयोजकत्वमा छानविन समिति गठन भएको थियो ।
गाउँपालिकाले महावुअ पादम सडकमा ५५ लाख विनियोजन भएपनि हाल ४० लाखको काम मात्र गरेर बाँकी १५ लाख हिनामिना भएको भेटिएको छ । त्यसैगरी सामाजिक भत्ता पारदर्शी तरिकाले वितरण नभएको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त विज्ञप्ति निकाल्दै छानविन गरी कारवाहीको माग गरेका छन् ।

एमालेका महाबै गाउँपालिका संयोजक खड्कबहादुर सिंह, माकेका इन्चार्ज सर्पराज सिंह र संयोजक हर्कबहादुर शाहीले सोमबार संयुक्त विज्ञप्ति गरेको विज्ञप्तिमा सार्वजानिक खरिद ऐन बमोजिम कुनैपनि सामान खरिद नगरेर गाउँपालिका अध्यक्षले अनियमितता गरेको बताइएको छ । अनलाइन डबलीबाट

याे पनि जनताले जिताएका यीनै वडा अध्यक्षले राति गाउँमा पसेर कुखुरा चोरेपछि…

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार