पुष्पा रिजन डिसी
चैत ७, सल्यान ।
जिल्ला वन कार्यालय सल्यानले वन डढेलो व्यवस्थापन गर्न जचेतनामुलक कार्यक्रम गरेकाे छ ।जिल्लाका विभिन्न स्थानमा आगलागीका समाचारहरु आर्इरहेका बेला कार्यालयले चैत १ गते देखि अाज ७ गतेसम्म साताव्यापी कार्यक्रम गरेकाे हाे ।
एक हप्ता सम्म चलेकाे डढेलाे नियन्त्रन सम्वन्धी कार्यक्रममा रेडियाे तथा पत्रिकाबाट प्रचारप्रसार गरिएकाे थियाे । जिल्लाका विभिन्न गाउँहरुमा केहि सामुदायीक वनका उपभाेक्ताहरुलार्इ तालिम तथा गाेष्ठी र अागाे नियन्त्र गर्ने सामाग्री वितरण गरेकाे जिल्ला वन कार्यालय सल्यानले जानएकाे छ ।
अाज समापन गरिएकाे कार्यक्रमकाे र्याली जिल्ला प्रशासनको प्राङगनबाट शुरु भर्इ जिल्ला वन कार्यालयकाे प्राङगानमा अाएर एक अन्तरकृर्या कार्यक्रम बिच समापन गरिएकाे हाे।
समापन कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परमानन्द घिमीरेकाे रहेकाे थियाे । त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रमुख भरत विक, सल्यान उद्याेग वानिज्य संघका अध्यक्ष बिर बहादुर चलाउने, सामुदायीक वन उपभाेक्ता महासंघ सल्यानकी महासचिव सरिता हमाल लगाएतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बाेल्ने अधिकांसले वन अागलागी नियन्त्रनका लागी अाफुहरुबाटै सुरु गर्नुपर्नेमा जाेड दिएका थिए । उनिहरुले जंगलकाे कुसुम, खर लगाएतका जल्ने वस्तुहरु व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जंगलमा खाेटाे संकलन गर्ने तथा अन्य व्यक्तीहरुले चूराेट खाएर ठुटाेलार्इ जथाभावी फाल्ने भएकाले त्यस्ताेलार्इ नियन्त्रन गर्नुपर्ने कार्यक्रममा बाेल्ने वक्ताहरुले बताएका थिए ।
जिल्ला वन कार्यालय सल्यानका निमित्त अधिकृत मेघनाथ काफ्लेकाे सभाअध्यक्षतामा भएकाे सप्ताह समापन कार्यक्रमकाे सहजिकरण जिल्ला वन कार्यालय अन्तरगत सेक्टर वन कार्यालय सल्यानकी रेन्जर अन्जना शर्माले गरेकि थिइन् । कार्यक्रममा ६० जना भन्दा धेरैकाे उपस्थिति रहेकाे थियाे ।