• २०७७ कार्तिक ८ गते शनिवार
  • Preeti To Unicode

एसईईमा सल्यान टप्ने विद्यार्थीलार्इ ५० हजार सँगै निशुल्क शिक्षाकाे घाेषणा


चैत ७, सल्यान ।

सल्यानबाट एसईई परीक्षामा सर्बोत्कृष्ट अंक/ग्रेड ल्याएर जिल्ला टप्ने विद्यार्थीलार्इ ५० हजार नगद सहित निशुल्क शिक्षाकाे घाेषणा गरिएकाे छ ।

चलचित्र निर्देशक हाल अमेरीका बस्ने सल्यानी युवा राजेन्द्र केसीले एसर्इर्इमा सल्यान टप्ने विद्यार्थीलार्इ ५० हजारकाे घाेषणा गरेका हुन् ।  एसर्इर्इ परीक्षा दिने विद्यार्थीहरुका लागी हौसला, प्रेरणा र सल्यानी हुनुमा गर्वको बिषय बन्ने भएकाले यस्ताे पुरुस्कार दिन लागेकाे उनले बताएका छन् ।

त्यस्तै सल्यानबाट परीक्षामा सर्बोत्कृष्ट अंक/ग्रेड ल्याउने विद्यार्थीलाई निशुल्क शिक्षाकाे व्यवस्था पनि मिलार्इएकाे छ । सल्यानलार्इ समृद्धि र विकसीत बनाउने अभियानमा लागेका युवा धुर्वराज अाेलीले काठमाण्डाैँमा संचालन गरेकाे नेप्टेक एजुकेसन फाउण्डेसन प्रालीले ब्रिज कोर्ष, कम्प्युटर ट्रेनिङ्ग र ईंग्लिश ल्याङगाेर्इज कक्षा निशुल्क पढाउने घोषणा गरेकाे छ ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार