• २०७७ मङ्सिर १२ गते शुक्रवार
  • Preeti To Unicode

सल्यानमा एसईइ परिक्षा दिन गएका विद्यार्थीकाे नदिमा डुबेर मृत्यु


सरिता चलाउने
चैत ७, सल्यान ।
सल्यानमा एसईइ परिक्षा दिन गएका एक जना छात्रको नदिमा डुबेर ज्यान गएको छ ।

शिद्धेश्वरी माध्यामीक बिद्यालय बन्गाड कुपिण्डे नगरपालीका वडा नम्बर १२ माझर्खकमा अध्यनरत छात्र प्रकाश परियारको शारदा नदिमा डुबेर ज्यान गएको हो । कालीमाटी गाउँपालीका वडा नम्बर ३ मा रहेको शारदा जनकल्यान माबिमा एसईइ परिक्षा दिन गएका परियारको डुबेर मृत्यु भएको छ ।

परियार बुधबार दिउँसो शारदा नदिमा साथिहरु सँग नुहाउन गएका बेला अर्का डुबेका साथीलाई बचाउन खोज्दा उनको मृत्यु भएको स्थानीयले बताएका छन । छात्रलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याउदै गर्दा बाटो मै मृत्य भएको शिद्धेश्वरी माध्यामीक बिद्यालयका ब्यवसथापन समितीका अध्यक्ष निराजन डागीले बताएका छन् ।

उनि सँगै डुबेका अर्का घाईते छात्रको भने दाङ तुलसीपुरको एक अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार